नेकपाका नेता तथा सांसद चौधरीले च’र्च निर्माणका लागि छु’ट्याए १५ लाख

दाङ । दाङको निर्वाचन क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य मेटमणि चौधरीले क्रि’श्चियन ध’र्मावलम्बीहरूको लागि च’र्च निर्माण गर्न अहिलेसम्म १५ लाख छु’ट्याएका छन । चौधरिले यस अगाडि दश लाख रुपैयाँ छु’ट्याएका थिए भने यसपाली थप ५ लाख गरेर १५ लाख रुपैया बजेट दिएका हुन ।पूर्वाधार विकास कोषमार्फत् खर्च गर्नुपर्ने चार करोड बजेटमध्ये क्षेत्र नं.१ का निर्वाचित प्रतिनिधिसभा सदस्य मेटमणि चौधरीले क्रि’श्चियनको च’र्च निर्माण गर्नको लागि भनेर बजेट वि’नियोजन गरेका छन् ।

स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रम अन्तरगतको ४ करोड रकममध्ये चौधरीले छनोट गरेका २० यो जनामध्ये अघिल्लो पटक दस लाखको एउटा च’र्च निर्माण गर्न बजेट विनियोजन गरिएको छ। अहिले पनि सोहि च’र्चलाई फेरि चौधरीले बजेट दिएका हुन ।जुन लमही नगरपालिका वडा नं. ६ खै’रीमा निर्माण गर्न लागिएको हो। फेरि सोहि च’र्चलाई उनले बजेटमा निरन्तरता दिएपछि थारु जा’ती भित्र आ’लोचना सुरु भएको छ ।‘‘थारु जा’तिको लागि राज्यले धेरै बजेट दिँदै आएको छ, तर वि’चरा कि’श्चियनहरूको च’र्चलाई कसैले दिँदैन।

त्यसैले अघिल्लो पटक दस लाख र अहिले थप ५ लाख बजेट दिएको हो,’ संसाद चौधरीले भने। दाङको देउखुरी थारु ब’हुल क्षेत्र हो भने त्यसमा पनि ब’हुसंख्यक थारुको बसोबास देउखुरी क्षेत्रमा रहेको छ। त्यस्तै, उनले सबैभन्दा बढी उ’चा नि’म्बु धा’रपानी मन्दिर नया ट्रयाकका लागि ५० लाख, नेपाल नेत्र ज्योति सं’घ लमही र देउखुरी बहुमुखी क्याम्पसको भौतिक निर्माणको लागि २० र २० लाख बजेट छु’टयाएका छन् । उनले अधिकांश बजेट शिक्षा र सडकतर्फ वि’नियोजन गरेका छन्। उनले गतबर्षका कतिपय यो’जनालार्इ यसपाली पनि नि’रन्तरता दिएका छन ।

त’त्कालिन नेकपा एमालेका दाङ जिल्ला इञ्चार्ज र अहिले नेकपा दाङका सह इ’न्चार्ज समेत रहेका चौधरीले चु’नावको समयमा भने खरको छानो वि’स्थापित गर्ने नारालाई प्रमुख रूपमा उठाएका थिए। नि’र्वाचन जितेपछि असारभित्रै सबै घरहरूमा खरको छाना वि’स्थापित गरेर जस्तापाता लगाइदिने उनले प्र’तिवद्धता जनाएका थिए। तर, उक्त शिर्षकमा उनले हाल एक रुपैयाँ पनि छु’ट्याएका छैनन्। चौधरी बाहेक दाङमा अन्य कुनैपनि प्र’तिनिधिसभा स’दस्यहरूले च’र्चको लागि बजेट वि’नियोजन गरेका छैनन् ।