जापानमा बढ्दै छ काेराेना संक्रमण, टोकियोमा एकैदिन भेटिए ६०२ सङ्क्रमित

टाेकियाे। जापानको राजधानी टोकियोमा पहिलोपटक एकैदिन ६०२ जना कोरोना भाइरस सङ्क्रमित भेटिएका छन्। दैनिक सङ्क्रमितको सङ्ख्यामा अ’त्यधिक वृद्धि भएपछि उच्च सतर्कता अ’पनाउन स्वास्थ्यकर्मीहरूले सबैलाई आग्रह गरेका छन्। टोकियोमा मात्रै ६०२ जना सङ्क्रमित भएको दिन देशभरि भने दुई हजार ८१० जना स’ङ्क्रमित भएका छन्। जापानमा कोरोना भाइरसको सङ्क्रमण सुरु भएदेखि अहिलेसम्म कुल एक लाख ६८ हजार ५७३ जना कोरोना भाइरसबाट सङ्क्रमित भएका छन् ।

दुई हजार ४६५ जनाको मृ’त्यु भएको छ। ‘अवस्था अझै सामान्य भएको छैन, बरु थप ग’म्भीर भएको छ, यसलाई हे’लचेक्य्राइँ नगरौँ,’ टोकियोका ग’भर्नर यूरीको को’इकेले भने। उनले अत्यावश्यक काम बाहेक घर बाहिर न’निस्कन पनि सबैलाई आ’ग्रह गरेका छन्।