पोखरेलले लगाए एआइजीको दर्ज्यान्ही चिन्ह

काठमाडौँ- नेपाल प्रहरीको अ’तिरिक्त महानिरिक्षक-एआईजीमा ब’ढुवा भएका विश्वराज पोखरेलले शुक्रबार द’र्ज्यान्ही चिन्ह लगाएका छन्। महानिरिक्षक-आईजिपी शैलेश थापाले पोखरेललाई द’र्ज्यान्ही चिन्ह लगाएका हुन्। यसअघि मन्त्रिपरिषद्को बिहीबारको बैठकले पोखरेललाई एआईजीमा ब’ढुवा गर्ने निर्णय गरेको थियो। ब’ढुवा समितीले गरेको सि’फारिसलाई मन्त्रिपरिषद् बैठकले अ’नुमोदन गरेको थियो। एआईजीमा ब’ढुवा भएसँगै पोखरेल नेपाल प्रहरीको आ’गामी आईजिपी बन्ने नि’श्चित भएको छ।

हालका आईजिपी शैलेश थापा र अन्य तीन एआईजीले २०७९ बैशाख १८ गते अ’निवार्य अ’वकाश पाएपछि पोखरेल ए’क्ला एआईजी हुनेछन्। प्रहरी नि’यमावलीमा ब’हालवाला ए’आईजीमध्येबाट र एआईजी नभए डी’आईजीमध्येबाट आईजिपी नि’युक्त गर्नुपर्ने व्यवस्था छ।