अमेरिकामा सोमबारदेखि भ्या’क्सिन वितरण

एजेन्सी , अमेरिकाको खाद्य तथा औ’षधी प्रशासनले कोरोनाबि’रुद्धको फा’इजर भ्याक्सिन स्वीकृतिका लागि तीब्र गतिमा काम गरिरहेको बताउँदै अमेरिकामा सोमबारदेखि भ्या’क्सिन लगाउने काम सुरु हुने अ’पेक्षा गरेको छ । शुक्रबार विहान एफडीएले भ्या’क्सिनको आपतकालिन प्रयोगको अनुमतिका लागि अन्तिम तयारी भइरहेको जनाएको छ ।फा’इजरको कोभिड १९ भ्याक्सिन अमेरिकामा प्रयोगको स्वीकृति पाउने पहिलो भ्या’क्सिन हुने भएको छ । स्वास्थ्यमन्त्री ए’लेक्स आ’जरले पनि फा’इजरको भ्याक्सिनको पहिलो श’टहरु छिटोमा सोमबार ल’गाउन सम्भव हुने बताएका छन् ।

अमेरिकाले आगामी मार्चभित्र १ सय मिलियनलाई भ्या’क्सिन लगाउने योजना बनाएको छ ।एफडीएले भ्या’क्सिन उत्पादक, सी’डीसी र सं’घीय भ्या’क्सिन कार्यक्रमलाई समयमै भ्या’क्सिन वितरणको काम सुरु गर्नसक्ने जानकारी दिइसकेको छ । अमेरिकाले डिसेम्बरभित्र २० मिलियन, जनवरीमा ३० मिलियन र फरबरीमा ५० मिलियन भन्दा बढी फा’इजर र मो’डेर्नाका भ्याक्सिनका डो’जहरु प्राप्त गर्ने भएको छ । हरेक राज्यहरुले भ्याक्सिन वितरणका आआफ्ना योजनाहरु बनाउन सक्नेछन् ।बिहिबारमात्र अमेरिकाको खाद्य तथा औ’षधी प्रशासनको भ्याक्सिनसम्बन्धि सल्लाहकार प्यानलले कोरोनाबि’रुद्धको भ्याक्सिन प्रयोगको स्वीकृतिका लागि ए’फडीएलाई सिफारिस गरिसकेको छ ।

प्या’नलमा भएको म’तदानमा १७ जनाले स्वी’कृतिको पक्षमा, ४ जनाले विपक्षमा मतदान गरेका थिए भने एकजना त’टस्थ बसेका थिए ।भ्या’क्सिनको ९५ प्रतिशत प्र’भावकारितालाई एफडीएले सु’निश्चित गरिसकेको छ । भ्या’क्सिनका दुईवटा डो’जहरु दिनुपर्ने र २१ दिनको अन्तरमा दुईवटा डो’ज प्रदान गरिने भएको छ । एउटामात्र डो’जपछि भ्याक्सिनले कोरोना संक्रमण हुनबाट ८२ प्रतिशतसम्म रो’क्न प्र’भावकारी हुने जनाइएको छ । तर दुबै डो’ज दिएपछि भने ९५ प्रतिशतसम्म प्र’भावकारी हुनेछ ।