आज बालाचतुर्दशी : एक गेडा बीज छर्दा एक गेडा सुन दान गरेबराबर पुण्य मिल्ने

काठमाडौं : प्रत्येक वर्ष मा’र्गशीर्षकृष्ण त्रयोदशीका दिन बेलुकी दि’वङ्गत पितृका नाममा दीपदान र चतुर्दशीका दिन बिहान शतबीज छरी मनाइने बा’लाचतुर्दशी पर्व आज बेलुकीदेखि हुँदैछ ।पशुपतिनाथ मन्दिरलगायत देशभरका शिवमन्दिरमा बालाचतुर्दशीको अघिल्लो रात आज दि’वङ्गत पितृका नाममा दीपदान गर्न लाखौँ भक्तजन आउने गरेकामा यसवर्ष पशुपतिनाथमा भने मेला नलाग्ने पशुपति क्षेत्र विकास कोषले जनाएको छ । बाला चतुर्दशीमा लाखौँ भक्तजन पशुपतिमा आउने गरेकाले कोरोना फैलने डरले यसवर्ष दीपदान नगर्न अनुरोध गरिएको कोषका कोषाध्यक्ष डा मिलनकुमार थापाले बताउनुभयो ।

आज दी’पदान गरी आइतबार बिहानै पि’तृको सम्झनामा श’तबीज छ’री बा’लाचतुर्दशी पर्व मनाइन्छ ।प्रत्येक वर्ष मा’र्गशीर्ष कृष्ण च’तुर्दशीका दिन बा’लाचतुर्दशी पर्व मनाउन देशका विभिन्न स्थानबाट भ’क्तजन पशुपतिमा आउने गरेकामा यस वर्ष मेला नलाग्ने भएपछि श्र’द्धालुले नजिकैको शिवालयमा दी’पदान गर्ने भएका छन् । प्रत्येक मार्गशीर्षकृष्ण त्र’योदशीको बेलुकी पशुपतिमा दी’पदान गर्न जाने गर्नुभएका कागेश्वरी मनोहरा नगरपालिका–६ का श्रीराम सापकोटाले यसवर्ष नजिकैको शि’वालयमा दीपदानको तयारी गरिएको बताए ।

आफ्नो परिवारभित्रका दि’वङ्गत आत्माको चि’रशान्तिको कामना गर्दै १०८ शि’वलिङ्ग, कैलाश, सू’र्यघाट, गौ’रीघाट, आ’र्यघाट, गुह्येश्वरी, पशुपति, मृ’गस्थली, विश्वरूप र कि’राँतेश्वर आदि ठाउँमा श’तबीज छर्ने गरिन्छ । पशुपतिमा दूरी कायम गरी चतुर्दशीका दिन बिहान श’तबीज भने छर्न सकिने कोषले जनाएको छ । बालाचतुर्दशीको पूर्वसन्ध्या मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन राति भक्तजनले पशुपतिनाथको मन्दिर वरपर बसी दि’वङ्गत आत्माका नाममा महादीप बा’ली भ’जनकीर्तन र लोक झाँकी प्रस्तुत गरी रात बिताउने गर्ने परम्परा छ ।

श’तबीज भनिए पनि हाल सप्तबीज (धान, जौ, तिल, गहुँ, चना, मकै, का’गुनो) छर्दै मृगस्थलीमा रहेका बहिरा गणेश नजिक आइपुगेपछि उक्त गणेशको शिलालाई हल्लाउँदै ठूलो स्वरले दि’वङ्गत आत्माले पाउने गरी सन्देश पुर्‍याउन अनुरोध गरिन्छ । हे’माद्रि नामक धर्मग्रन्थमा उल्लेख गरिएअनुसार धानका सय गेडा चढाउनुपर्ने अरु अन्‍न होइन नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष एवं धर्मशास्त्रविद् प्रा डा रामचन्द्र गौतमले बताए । ‘भगवान् शिव मृ’गरूप लिएर घुम्नुभएको पु’ण्यक्षेत्रमा आजका दिन एक गेडा बीज छर्दा एक गेडा सुन दान गरेबराबरको पुण्य मिल्ने र दि’वङ्गत आ’त्माले पनि मुक्ति पाउने चर्चा विभिन्‍न ध’र्मग्रन्थमा गरिएको छ’ उनले भने ।

वाग्मती किनारको मृ’गस्थलीमा भगवान् शिव मृ’गरूप धारण गरेर विहार गरेको थाहा पाई त्यस शिवरूपी मृगलाई चिन्न पार्वतीले विभिन्न किसिमको बी’ज छ’रेको र ती बीज उम्री हरिया भएपछि मृ’गहरू आउँदा सो ब’थानमा भगवान् शिवलाई पार्वतीले चिन्न सकेको कि’म्बदन्ती छ । यसैगरी बालाचतुर्दशीसँग जोडिएको अर्को एउटा कथा पनि छ । सो कथाअनुसार उहिले पशुपतिको मु’र्दाघाटमा बस्ने ‘बा’लानन्द’ नामका एक मानिस खाजा खान लाग्दा त्यसै ब’खत पोलिएको श’वको टाउको फु’ट्न गई उ’छिट्टिएको गि’दी उनको च्यु’रामा परेको थियो ।

सो गि’दीसँगै च्यु’रा खाँदा झन् मी’ठो भएकाले त्यसै बेलादेखि उनी मु’र्दाको गि’दी खान प’ल्किए ।त्यसपछि मानिसको गि’दी खाने तथा लामालामा दाह्री, जुँगा र कपालले गर्दा मानिस ड’राई उसलाई बा’लासुर रा’क्षस भन्‍न थालेको र त्यसै ब’खत उसको राम्रो परिचय पाएका एकजना थकाली बूढाको सल्लाहअनुसार स्थानीय बासिन्दाले बालासुरको मित वृषसिंहमार्फत् उसलाई मा’र्न लगाएको कथा पनि प्रचलित छ ।आफ्ना मितको ह’त्या’बाट छ’ट्पटाएका वृ’षसिंहलाई एक रात सपनामा भगवान् शिवजीले द’र्शन दिई श’तबीज छ’र्ने आज्ञा दिएका थिए ।

मार्गकृष्ण चतुर्दशीका दिन श्ले’षमान्तक वनको वरिपरि श’तबीज छर्दा बालासुर वै’तरणी त’रेर गएकाले त्यसै बेलादेखि यस दिनलाई बा’लाचतुर्दशी भनी दि’वङ्गत आत्माको शा’न्तिका लागि श’तबीज छ’र्ने गरिएको हो ।मातापिता दि’वङ्गत भई एक वर्ष पूरा नभएकाले भने शास्त्रीय रुपमा दीपदान एवं श’तबीज रो’पण गर्नुनहुने समितिका अध्यक्ष गौतमले सुनाए । ध’र्मसिन्धु नामक ग्रन्थमा ब’रखी बारेकाले शिवको पूजा आजा त परको कुरा नामसमेत लिनु नहुने उल्लेख गरिएको छ । यस अवसरमा पशुपति क्षेत्र पुग्ने भक्तजनले वासुकी र गुह्येश्वरीको पूजा गर्नुपर्ने शास्त्रीय वचन रहेको छ । चतुर्दशीको बिहान शतबीज छरी हवन गरेपछि बाला चतुर्दशी पर्वको विधि पूरा हुने शास्त्रीय परम्परा छ । (रासस)