सोमबारदेखि कोरोनाबि’रुद्ध फा’इजर भ्याक्सिन लगाउन सुरु हुने

न्युयोर्क , अमेरिकाको खाद्य तथा औ’षधी प्रशासन एफडीएले कोरोनाबिरुद्ध फा’इजर भ्याक्सिन प्रयोगका लागि स्वीकृत गरेको छ । एफडीएले सोमबारदेखि भ्याक्सिन लगाउने काम सुरु हुने अपेक्षा गरेको छ ।आपतकालिन अवस्थामा एफडीएले औ’षधी वा भ्याक्सिनको आपतकालिन प्रयोगको अनुमति दिनुसक्छ । सोही अनुरुप आ’पतकालिन प्रयोगको अनुमति दिइएको हो । पूर्ण अनुमतिका लागि फाइजरले भविश्यमा छुट्टै आवेदन दिनुपर्छ ।फाइजरको कोभिड १९ भ्या’क्सिन अमेरिकामा प्रयोगको स्वीकृति पाउने पहिलो भ्याक्सिन भएको छ ।

स्वास्थ्यमन्त्री एलेक्स आजरले फाइजरको भ्याक्सिनको पहिलो श’टहरु छिटोमा सोमबार लगाउन सम्भव हुने बताएका छन् । अमेरिकाले आगामी मार्चभित्र १ सय मिलियनलाई भ्याक्सिन लगाउने योजना बनाएको छ ।एफडीएले भ्या’क्सिन उत्पादक, सीडीसी र संघीय भ्या’क्सिन कार्यक्रमलाई समयमै भ्याक्सिन वितरणको काम सुरु गर्नसक्ने जानकारी दिइसकेको छ । अमेरिकाले डिसेम्बरभित्र २० मिलियन, जनवरीमा ३० मिलियन र फरबरीमा ५० मिलियन भन्दा बढी फा’इजर र मोडेर्नाका भ्याक्सिनका डो’जहरु प्राप्त गर्ने भएको छ । हरेक राज्यहरुले भ्याक्सिन वितरणका आआफ्ना योजनाहरु बनाउन सक्नेछन् ।

बिहिबारमात्र अमेरिकाको खाद्य तथा औ’षधी प्रशासनको भ्या’क्सिनसम्बन्धि सल्लाहकार प्यानलले कोरोनाबिरुद्धको फाइजर भ्याक्सिन प्रयोगको स्वीकृतिका लागि एफडीएलाई सिफारिस गरेको थियो । प्यानलमा भएको मतदानमा १७ जनाले स्वीकृतिको पक्षमा, ४ जनाले विपक्षमा मतदान गरेका थिए भने एकजना तटस्थ बसेका थिए ।भ्याक्सिन ९५ प्रतिशत प्रभावकारी रहेको छ । भ्याक्सिनका दुईवटा डोजहरु दिनुपर्ने र २१ दिनको अन्तरमा दुईवटा डोज प्रदान गरिने भएको छ । एउटामात्र डोजपछि भ्याक्सिनले कोरोना संक्रमण हुनबाट ८२ प्रतिशतसम्म रो’क्न प्रभावकारी हुने जनाइएको छ । तर दुबै डोज दिएपछि भने ९५ प्रतिशतसम्म प्रभावकारी हुनेछ ।

फाइजर र बायोएनटेकको खोपले आनुवंशिक कोडहरूलाई प्रयोग गरेर रोग प्र’तिरोधी प्रतिक्रिया निम्त्याउँछन् र यसलाई एमआरएनए खोप भनिन्छ। यसले मानव कोषमा फे’रबदल गर्दैन बरू शरिरलाई कोभिड वि’रुद्ध प्र’तिरोधी हुन तयार रहने हिसाबको निर्देशन दिन्छ। खोपका कारण रोग लाग्दैन। बरु तो’किए बमोजिमका सङ्क्रमण पहिचान गर्न र त्यससँग जु’ध्न उनीहरूले हाम्रो शरिरको रोग प्र’तिरोधी प्रणालीलाई सिकाउँछन्। केही व्यक्तिहरूलाई खोप लगाएपछि मांसपेशी दुख्ने वा ज्वरो आउने जस्ता मध्यम खालका लक्षण देखिएको जनाइएको छ ।