सुनका गहना नलगाउन आग्रह

रसुवा । सुनको गहना लगाएकै कारण स्कुले बालिकाको ह’त्या भएपछि रसुवा प्रहरीले बालबालिकालाई सुनका गरगहना नलगाउन अभिभावकलाई आ’ग्रह गरेको छ । कालिका गाउँपालिका–१ राम्चे खा’र्सा क्षेत्रको फै’क्रिगाङ निवासी ६ वर्षकी बालिका सुमिना तामाङ विद्यालयबाट घरतर्फ फर्कने क्रममा कानमा लगाएको रु १० हजार बराबरको सुनको मुन्द्राकै कारण यही मङ्सिर २१ गते ज्यान गु’माउन परेपछि यस्ता घ’टना रो’क्न रसुवा प्रहरीले गहना पहिरन गर्ने वा गराउने कार्य न्यू’नीकरण गर्ने अ’भियान शुरू गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रसुवाका प्रमुख प्रहरी नायब उपरीक्षक इन्द्रप्रसाद सुवेदीका अनुसार यस्ता अ’पराधिक घ’टना रो’क्न बालबालिकालाई सुनका कुनै पनि गहना पहिरन नलगाउने, अपरिचित व्यक्तिले दिएका चाउचाउ, बि’स्कुट, चकलेटजस्ता चीज नखान उनीहरूलाई सचेत गराउने र पठनपाठनका लागि अभिभावक आफैँले विद्यालय लाने ल्याउने वातावरण मिलाउनेजस्ता विषयमा स’चेतना अभियान शुरू गरिएको हो । कोभिड–१९ को स’मस्या स’माधान भएपछि सा’मुदायिक प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत विद्यालयस्तरीय सचेतना कार्यक्रमसमेत सञ्चालन गर्ने तयारी भएको प्रनाउ सुवेदीले जानकारी दिनुभयो ।

ठूला मान्छेले पनि सकभर गरगहना नलगाउने र लगाउनै परे लगाइएका सुन सु’रक्षित त’वरले नजिकको प’रिचित आफन्तको साथमा मात्र हिँ’डडुल गर्र्न प्रहरीले आग्रह गरेको छ ।ग्रा’ङ प्राथमिक विद्यालयको कक्षा १ मा अध्ययन गरिरहेकी ती बालिका विद्यालय छु’टेर घरतर्फ जाँदै गर्दा अ’परिचित व्यक्तिबाट अ’पहरणमा परेकी थिइन । उनको कानमा सुनको मु’न्द्रा देखेपछि चाउचाउ दिएर फ’र्काइ नुवाकोट जिल्ला किस्पाङ गाउँपालिका–५ घर भएकी १९ वर्षे सपना तामाङले अ’प’ह’र’ण गरी गाउँभन्दा अलि पर नागर्दुङ ओ’ढारमा लगि बालिका मा’रेर स्याउलाले छोपी कानमा लगाएको सुन लिई भा’गेको प्रारम्भिक बयानबाट खुल्न आएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सरोज गिरीले जानकारी दिनुभयो ।

गाउँमा बालिका ह’राएको हल्ला चलिरहेको र खोजतलास व्या’पक भइरहेको अवस्थामै घटना घटाउने आशङ्कामा नुवाकोटतर्फ फर्कदै गरेकी अपरिचित सपना तामाङलाई स्थानीय बासिन्दाको सहयोगमा कालिकास्थान प्रहरीले धैबुङ घुम्ती बजारबाट २२ गतेनै नियन्त्रणमा लिएको थियो । प्रहरी नियन्त्रणमा रहेकी आ’रोपित ती महिलाप्रति थप अनुसन्धान भइरहेको छ । एक होटलबाट नियन्त्रणमा लिएको भोलिपल्ट बालिकाको श’व प्रहरी र स्थानीय बासिन्दाको टोलीले ढुङ्गाको ओ’ढारमा फेला पा’रेको प्रहरीले जनाएको छ ।गाउँ नजिकैको घटना भए पनि भौगोलिक अवस्थाले खो’जतलासको क्रममा नेपाल प्रहरी र स्थानीय बासिन्दाले २३ गते दिउँसो बालिकाको श’व फेला पारेको बताइन्छ ।

बालिका हत्याको घटनाले आफूलाई अत्यन्तै दु’खित तुल्याएको बताउँदै रसुवाका प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तले यस्ता घ’टना दो’होरिन नदिन थप सतर्कताको लागि सु’रक्षा निकायलाई निर्देशन दिई सकिएको बताउनुभयो । यस्तै चालु आर्थिक वर्षको साउनदेखि हालसम्म १६ वटा घटना घटेको छ ।प्