मानिसलाई मंगल ग्रह लैजाने भनिएको रकेट परीक्षणको क्रममा वि’ष्फोट

काठमाडौं। आगामी ६ वर्षमा मानिसलाई मंगल ग्रह लैजान सक्ने क्षमता भएको भनिएको स्पे’सएक्सको रकेट परीक्षण उडान अवतरणको क्रममा वि’ष्फोट भएको छ । यसको भिडियो सामाजिक संजालमा भाइरल भइरहेको छ । यो पछिल्लो प्रो’टोटाइप रकेटका तीन इन्जिन थिए । यो रकेट अमेरिकाको टेक्ससबाट बेलुकीको समयमा उडेको थियो । १३ किलोमिटर अगाडि गएपछि यो रकेट पृथ्वीतर्फ फर्किन थाल्यो र यस क्रममा यो रकेट प’ड्किएर आगोको गो’लामा परिणत भयो ।यो स्टारशिप रकेटलाई एलन मस्कको कम्पनी स्पे’सएक्सले तयार गरिरहेको छ । यो रकेटको उद्देश्य मानिसलाई चन्द्रमा र मंगल ग्रह लैजाने हो ।

यसका अलावा १०० टन कार्गो सामान पनि यही रहेटबाट चन्द्रमा र मंगल ग्रहमा लैजाने तयारी छ । यो वि’ष्फोटपछि पनि ए’लन मस्क भने निकै आ’त्मविश्वासी देखिएका छन् । उनले एक बयानमा स्पे’सएक्सले यो उडानबाट जति डाटा जम्मा गर्नुपर्ने थियो त्यो जम्मा गरिसकेको बताएका छन् । उनले वि’ष्फोट भए पनि प्रयोग सफल भएको दावी गरे ।नासाले स्पेसएक्सलाई स्टा’रशिप बनाउनको लागि १३५ मिलियन डलर अनुदान दिएको छ । यसका अलावा अमेजनका सीइओ जेफ बेजोसको स्पेस कम्पनी ब्लू ओरिजिन र डा’यनेटिक्स नामको कम्पनी पनि आगामी १ दशकभित्र चन्द्रमा र मंगल ग्रह सम्बन्धी गतिविधिका प्रयास गर्ने तयारीमा छन् ।