देश चलाउने नेताहरुलाई शैक्षिक योग्यता नचाहिने तर भ्रमण जाने नागरिकलाई चाहिने ?

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केन्द्रिय सदस्य धनराज गुरुङले देश चलाउने नेताहरुलाई शैक्षिक योग्यता नचाहिने तर भ्रमण जाने नागरिकलाई चाहिने भन्दै प्रश्न गरेका छन् ।समाजिक सञ्जाल ट्वीट माफर्त नेता गुरुङले भिजिट भिसाको नाममा अवाञ्छित कार्य गर्नेलाई दण्डित नगर्ने तर बिदेश भ्रमणमा जानेलाई शैक्षिक प्रमाणपत्र र अंग्रेजी भाषा जान्नु पर्ने बनाएर नागरिकको स्वतन्त्रताको हक खोस्न नपाईने बताएका छन् ।देश चलाउने नेतालाई शैक्षिक योग्यता नचाहिने तर भ्रमणमा जाने नागरिकलाई चाहिने भन्दै सरकारको हदैसम्मको नालायकीपन भएको बताएका छन् ।

उनको ट्वीटः भिजिट भिसाको नाममा अवाञ्छित कार्य गर्नेलाई दण्डित नगर्ने तर बिदेश भ्रमणमा जानेलाई शैक्षिक प्रमाणपत्र र अंग्रेजी भाषा जान्नु पर्ने बनाएर नागरिकको स्वतन्त्रताको हक खोस्न पाईदैन। देश चलाउने नेतालाई शैक्षिक योग्यता नचाहिने तर भ्रमणमा जाने नागरिकलाई चाहिनेरुसरकारको हदैसम्मको नालायकीपन ।