काभ्रेमा ३८ तोला सुन चो’रेर काठमाडौं आएका ओखलढुंगाका देवराजसहित पाँच जना डिस्कोबाट पक्राउ

काठमाडौं, आइतबार ३८ तोला सुनसहित पाँच जना पक्राउ परेका छन्। काभ्रे पाँचखाल नगरपालिका-२ घर भएकी ५५ वर्षीया माइली तामाङको घरबाट शनिबार दिउँसो साढे २ बजे नगद र गरगहना चो’री भएको थियो। सोही घरका नगद तथा सुन चो’री गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर, काठमाडौंका प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रमेश विष्टले बताए। प्रहरीले ओखलढुंगाका २७ वर्षीय देवराज दाहाल, सिन्धुपाल्चोकका २४ वर्षीय रामचन्द्र चालिसे, काभ्रेका २३ वर्षीय राम तामाङ, १८ वर्षीय हुईबहादुर तामाङ, १८ वर्षीय राजन तामाङलाई पक्राउ गरेको हो।

प्रवक्ता विष्टका अनुसार राजन तामाङ मुख्य आ’रोपित हुन्। चो’री गरी फ’रार भएका उनीहरूको हुलिया सहित खो’जतलास पत्राचार गरिएको थियो। हु’लिया अनुसार महानगरीय प्रहरी वृ’त्त, लैनचौरबाट खटिएको टोलीले उनीहरूलाई आइतबार ड्र्या’गन डिस्कोबाट पक्राउ गरेको हो। ‘हिजो चो’री गरेर काठमाडौं आएका रहेछन्। दुई जना भने पैसा पाएर डि’स्को छि’रेछन्,’ उनले भने, ‘हामीले थाहा पाएर पक्राउ गर्‍यौं। अरूलाई उनीहरूको माध्यमबाट प’क्रियौं।’ उनीहरूमाथि थप अ’नुसन्धान गर्न उनीहरूलाई काभ्रे प’ठाइएको छ।