समृद्ध नेपालको निर्माणको लागि हिन्दुराष्ट्र र राजसंस्थाको वकालत गरेका हौँ: कमल थापा

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) अध्यक्ष कमल थापाले समृद्ध र सबल नेपालको निर्माणको लागि राजसंस्था आवश्यक भएको बताएका छन् । मंगलबार सामाजिक सञ्जालमाफत अध्यक्ष थापाले सो कुरा बताएका हुन् । उनले समृद्ध र सबल नेपाल निर्माणका लागि हिन्दु राष्ट्र र राजसंस्थाको वकालत गरेको बताउदै कसले के भन्छ भन्ने चिन्ता नभएको बताए ।उनले भने – ‘प्रजातन्त्र र उदार अर्थतन्त्रको धरातलमा समृद्ध र सबल नेपालको निर्माण गर्नुपर्छ भन्ने सम्वर्द्धनवादी सिद्धान्तमा बिश्वास गर्ने भएकोले हामीले हिन्दुराष्ट्र र राजसंस्थाको वकालत गरेका हौँ।’

उनको स्टाटस यस्तो छ – धर्म संस्कृति,परम्परा,इतिहासको संरक्षणरसम्बर्द्धन गर्दै प्रजातन्त्र र उदार अर्थतन्त्रको धरातलमा समृद्ध र सबल नेपालको निर्माण गर्नुपर्छ भन्ने सम्वर्द्धनवादी सिद्धान्तमा बिश्वास गर्ने भएकोले हामीले हिन्दुराष्ट्र र राजसंस्थाको वकालत गरेका हौँ।कसले के भन्छ भन्ने हामीलाई चिन्ता हुंदैन