कांग्रेसले बोलायो आकस्मिक पदाधिकारी बैठक

काठमाडौं– नेपाली कांग्रेसले आकस्मिक पदाधिकारी बैठक बोलाएको छ। बुधबार दिउँसो २ बजे पदाधिकारी बैठक बोलाइएको सहमहामन्त्री डा प्रकाशशरण महतले जानकारी दिए। सरकारले अकस्मात ल्याएको संवैधानिक परिषद्सम्बन्धी छलफल गर्न पदाधिकारी बैठक बोलाएको बताइएको छ। बैठकमा सोमबार गरिएको सरकारविरुद्धको प्रर्दशनको समीक्षासमेत गरिने बताइएको छ। बैठक सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बोलाइएको छ।

मंगलबार बिहान बोलाइएको संवैधानिक परिषदको बैठकलगत्तै बोलाइएको मन्त्रिपरिषद् बैठकले अध्यादेश जारी गर्न सिफारिस गरेको थियो। मंगलबार मन्त्रिपरिषद्को सिफारिसमा ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) अध्यादेश, २०७७’ जारी गरेकी थिइन्।