६५ किलो चाँदीका गहनासहित दीपक पक्राउ

वीरगञ्ज । पर्सा प्रहरीले ठुलो परिणाममा अ’वैध चाँदीका गहानसहित एक व्यक्तिलाई पक्राउ गरेको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर ६ स्थित सुनिता कुमारी स’र्राफको घरमा पर्सा प्रहरीले ६५ किलोग्राम चाँदीका गरगहना ब’रामद गरेको छ । चाँदीको अ’वैध कारोबार हुने विशेष सूचनाको आधारमा मंगलबार वडा प्रहरी कार्यालय वि’र्ताका प्रहरी निरीक्षक राजेश राज पूरीको ने’तृत्वमा ख’टेको टोलीले सुनिता कुमारी स’र्राफको घरमा छा’पामारी गरेको थियो ।छा’पामारी गर्ने क्रममा सोही घरमा सुनिताको नाममा सञ्चालित जय नरसिंह ज्वे’लर्सको पछाडीपट्टिको कोठाबाट प्रहरीले उक्त परिणामको चाँदीको गहना ब’रमाद गरेको थियो ।

प्रहरीका अनुसार ब’रमाद गरिएका गहनाहरु राजश्व छ’ली गरेर नेपाल भि’त्र्याइएका थिए ।प्रहरीले चाँदीको अ’वैध का’रोबारमा सं’लग्न रहेको आ’शंकामा सुनिताका श्रीमान दिपक स’र्राफलाई समेत पक्राउ गरेको छ । उनी भा’रतीय ना’गरिक हुन् ।कोठाको फ’ल्स वालभित्र लु’काएर राखेको अवस्थामा चाँदी जस्तो देखिने सेतो धा’तुबाट बनेको गरगहना फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साको प्रमुख प्रहरी उपरीक्षक गंगा पन्तले जानकारी दिइन् ।‘गरगहनाको बनोट हेर्दा भारतबाटै ल्याएको जस्तो देखिन्छ,’ उनले भनिन्, ‘ तर उनीहरुले आवश्यक कागजातहरु देखाउन सकेनन् ।

त्यसैले ब’रामद गरेर आवश्यक का’रबाही प्रक्रिया अघि बढाएका छौँ ।’ पक्राउ परेका स’रार्फलाई बुधबार बिहान राजस्व अनुसन्धान कार्यालय प’थलैयामा प’ठाईने प्रहरी उपरीक्षक पन्तले बताईन ।चाँदीको गरगहनाको बजार मूल्य ६५ लाख अनुमान गरिएको छ ।चाँदी नेपालबाट भारततर्फ त’स्कारी हुने गरेको भएपनि तयारी गरगहना भारतबाट नेपाल भि’त्रिने गरेको छ ।