अमिताभ बच्चनलाई प’छार्दै नेहा कक्कड फोर्ब्स सूचीको शीर्ष स्थानमा

काठमाडौं: भारतीय गायिका नेहा कक्कड फोर्ब्सको प्रभावशाली सेलिब्रेटी सूचीको शीर्ष स्थानमा परेकी छन् । सामाजिक सञ्जालमा सबैभन्दा प्र’भावशाली सेलिब्रेटीको सूचीको पहिलो स्थानमा उनी परेकी हुन् ।भारतीय सञ्चारमाध्यमका अनुसार उनले यो खबर सामाजिक सन्जालमार्फत् नै सार्वजनिक गरेकी हुन् । फोर्ब्सको यो सूचीमा भारतका १२ जना परेका छन् । सूचीमा परेका अमिताभ बच्चनजस्ता चर्चित हस्तीलाई पछि पार्दै नेहा पहिलो स्थानमा पुगेकी हुन् ।उनले भनेकी छिन्, ‘स्वयंप्रति निकै ग’र्वान्वित छु ।

तपाईंहरुलाई थाहा छ, यो सूचीमा अमिताभ बच्चन सर र शाहरुख सर गरी मात्रै १२ भारतीय परेका छन्, जसको हि’स्सा म पनि भएको छु । धन्यवाद भगवान् ! तपाईंहरु सबैलाई पनि धन्यवाद ।’ इन्डियन आइडलकी निर्णायकसमेत रहेकी नेहाको हालै मात्रै गायक रोहनप्रित सिंहसँग विवाह भएको थियो ।