बेलायतमा फरक किसिमको कोरोना भाइरस भेटियो

लन्डन । बेलायतमा फरक किसिमको कोरोना भाइरस भेटिएको छ । स्वास्थ्यमन्त्री म्याट ह्यानककले सोमबार बेलायतको दक्षिण क्षेत्रमा हजारभन्दा बढी मानिसमा नयाँ किसिमको कारोना भाइरस भेटिएका बताउनुभएको छ ।नयाँ किसिमको कोरोना भाइरस भेटिएसँगै हालसम्म निर्माण गरिएका खोपले काम गर्ने÷नगर्ने भन्ने बारे चा’सो ब’ढेको छ ।कस्तो छ नयाँ कोरोना भाइरसको अवस्था ?बेलायतको दक्षिणी सहरमा पाइएको नयाँ किसिमको कोरोना भाइरस तीव्र गतिमा फैलिएको बताइएको छ । मन्त्री ह्यानककले पहिलेको भन्दा कयौँ गुणा छिटो भाइरस फै’लिएको बताउनुभयो ।

उहाँका अनुसार यसको परिणाम कति ख’राब हुन्छ भन्ने कुरा अझै आँकलन गर्न सकिएको छैन ।नयाँ किसिमको कोरोना भाइरस भेटिए पनि विज्ञहरूले भने हाल नि’र्मित खोपले काम गर्नुपर्ने बताएका छन् । युनिभर्सिटी अफ सिड्नीका विज्ञ ए’डी हो’म्सले नयाँ भाइरसको अ’सर अहिले नै कस्तो हुन्छ भनेर विश्लेषण गर्नु ह’तार हुने बताउनुभयो । तैपनि यो फरक चाहिँ पक्कै रहेको उहाँले बताउनुभयो ।यो नयाँ भाइरसले खोपको प्र’भावकारीतामा अ’सर गर्ने अझै कुनै कारण नरहेको उहाँले बताउनुभएको छ । साथै अ’सर गरे पनि खो’प परिमार्जन गर्न त्यति गा’ह्रो नहुने उहाँले बताउनुभयो ।