तीन उद्योगमाथि मु’द्दा च’लाइयो, बजार अ’नुगमन तीव्र

लहान । गुणस्तरहीन सामान बिक्री गरेको भन्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय राजविराजले सिरहाका तीन उद्योगमाथि मु’द्दा चलाएको छ । अनुगमनका क्रममा गुणस्तरहीन र न्यून गुणस्तरका सामान बिक्री गरेको पाइएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय राजविराजले लहान नगरपालिका–३ स्थित केबी एण्ड सन्स नेपाल, सिरहाको चोहर्वास्थित महावीर फुड प्रो’डक्ट र लहान नगरपालिका–३ स्थित स्टार चिप्स उद्योगवि’रुद्ध मु’द्दा चलाएको हो । तीनवटै उद्योगवि’रुद्ध खाद्य ऐ’न, २०२३ अन्तर्गत जिल्ला प्रशासन कार्यालय सिरहामा मु’द्दा चलाइएको खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय राजविराजका प्रमुख सुरेशकुमार सिंहले जानकारी दिए ।

यसैबीच बजारमा का’लोबजारी ब’ढेको ज’नगुनासोपछि सिरहामा खाद्यान्न उद्योग र पसलको संयुक्त अनुगमन शुरु गरिएको छ । का’लोबजारीलाई नियन्त्रण गर्न, सुपथ मूल्यमा उपभोग्य वस्तु खरिद बिक्री गर्न, सरल र स’हजरूपमा उपभोक्ताले उपभोग गर्न पाउने उद्देश्यले सिरहाको प्रमुख बजारमा रहेको खाद्यान्न तथा मिठाइ पसलको अनुगमन शुरु गरिएको हो ।खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय राजविराजको अगुवाइमा सदरमुकाम सिरहा, लहान, मिर्चैया, गोलबजारलगायतका बजारमा थालिएको अनुगमनका क्रममा ठूलो मात्रामा म्याद गु’ज्रेका सामान ब’रामद गरी न’ष्ट गरिएको प्रमुख सिंहले जानकारी दिए ।

पसलले खरिद गरेको थोक सामग्रीको बिल, बिक्री गर्न राखिएको मूल्यसूची, म्याद गुज्रिएका सामग्री, कोराना सङ्क्रमणबाट ब’च्न अ’पनाइएको स्वास्थ्य सुरक्षा व्यवस्था सा’बुनपानी, स्या’निटाइजर, पञ्जालगायतमा अ’नुगमन केन्द्रित रहेको प्रमुख सिंहले बताए ।पसल अनुगमनका क्रममा मूल्यसूची नराखेका पसलमा अ’विलम्ब उपभोक्तालाई देखिने गरी मूल्यसूची राख्न, म्या’द गु’ज्रिएका खाद्यवस्तुलाई न’ष्ट गरी उचित व्यवस्थापन गर्न पहिलोपटक चे’तावनी दिएको उनले जानकारी दिए । रासस