बढ्यो सुनको मूल्य, यस्तो छ आजको भाउ

काठमाडौं । नेपाली बजारमा सुनको मूल्य आज बढेको छ । मंगलबार सुनको मूल्य प्रतितोला ९२ हजार ३ सयमा कारोबार भएकोमा आज तोलामा ८ सयले बढेको हो । नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य तोलामा ९३ हजार १ सय कायम गरिएको छ भने तेजावी सुनको मूल्य ९२ हजार ६५० निर्धारण गरिएको छ । त्यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदीको मूल्य प्रतितोला १२३० रहेको महासंघले जनाएको छ ।