आजदेखी खुल्यो पशुपतिनाथ, पुजा सामाग्री लान नपाइने

काठमाडौँ । कोरोना महामारीका कारण सरकारले घोषणा गरेको लकडाउन संगै बन्द रहेको पशुपतिनाथ आजबाट भक्तजनका लागिष् खुल्ला गरिएको छ । हिन्दु धर्मावलम्बीहरुको आस्थाको केन्द्र पशुपतिनाथ मन्दिर आजबाट सर्वसाधारणका लागि खुला गरिएको हो । हिजो क्षमापूजा गरेर आजबाट खुला गरिएको हो ।कोरोना संक्रमणको जोखिमका कारण नौ महिनादेखि बन्द भएको मन्दिरमा आज बिहानै पूजाका लागि भक्तजन पुगेका छन् । स्वास्थ्य सुरक्षाका साथ भक्तजनहरुलाई मन्दिर दर्शन गराइएको छ ।

पशुपति क्षेत्र विकास कोषका तर्फबाट स्वयम्सेवक तथा नेपाल प्रहरी र शसस्त्र प्रहरीको उपस्थितीका बिच भक्तजले आज पशुपति दर्शन गरेका छन् ।मन्दिरको पश्चिम ढोकोबाट भक्तजनहरुलाई प्रवेश दिइएको छ भने सोही ढोकाबाटै बाहिर निस्कने व्यवस्था मिलाइएको छ । मन्दिर प्रवेश गर्ने भक्तजनले अनिवार्य मास्क लगाउनुपर्नेछ । भने विकास कोषले हेल्थ प्रट्रोकललाई ध्यानमा राखेको छ ।लामो समयदेखि बन्द रहेको पशुपतिनाथ आजबाट खुल्ला गरिए पनि भक्तजनले पुजा सामाग्री लगेर पुजाआजा गर्न नपाउने भएका छन् ।

पूजा साम्राग्रीका साथ भक्तजनले पूजाआजा गर्दा लाग्ने भीडभाडका कारण पूजा साम्रग्री लान नदिइएको पशुपति विकास कोषले जनाएको छ ।मन्दिरभित्र हुने विशेष पूजा, भजनकिर्तनलगायत क्रियाकलाप भने अहिले सुरु नहुने कोषले जनाएको छ ।नौ महिनादेखि पशुपतिनाथ मन्दिर बन्द रहँदा पशुपति क्षेत्र विकास कोषलाई करोडौं आय घाटा लागेको छ । नौमहिनाको अवधिमा धेरै पर्यटक आउने साउन महिना, हरितालिका (तीज) र बाला चतुर्दशी पर्वमा पनि भक्तजनले मन्दिर बाहिरैबाट परिक्रमा गरेर चित्त बुझाउन बाध्य हुनुपरेको थियो । जसको असर कोषलाई समेत परेको छ ।