भोजपुरी फिल्म ‘माही’मा नीता ढुंगाना

काठमाडौं । भोजपुरी फिल्म ‘माही’मा अभिनेत्री नीता ढुंगानाको अभिनय रहने भएको छ । यस अगाडि काजल राघवानीसँग निर्माण युटिले फिल्म अभिनय विषयमा सम्झौता गरेको थियो । तर, उनले विशेष कारणले फिल्म गर्न नसक्ने भएपछि निर्देशक नीता अनुबन्धित भएकी हुन् । नेपाली फिल्मका द्वन्द्व निर्देशक चन्द्र पन्तले यो फिल्म निर्देशन गर्न लागेका हुन् ।भोजपुरी स्टार दिनेशलाल यादव ‘निरहुवा’ अभिनित फिल्म ‘निरहुवा चलल लण्डन’ व्यवसायिक रुपमा सफल भएपछि पन्त भोजपुरी स्टारको समेत रोजाइमा पर्न सफल भएका हुन् ।उनले भोजपुरी फिल्ममा नेपाली कलाकार र प्रविधिकलाई पनि अवसर दिने गरेका छन् ।

नीताले यस अगाडि पनि भोजपुरी फिल्ममा काम गरिसकेकी छन् ।कात्यायन फिल्मस् क्रियशनको ब्यानरमा निर्माण हुने फिल्मलाई अरुण कुमार मिश्र र रितेश वन्दना श्रीवास्तवले निर्माण गर्न लागेका हुन् । फिल्ममा नीताका अलावा आनन्द ओझा, प्रशान्त ताम्राकार, नरेन खड्का, संजय पाण्डे, जुनैद शेख, शिवेश देवनाथ, आयज खान, संजय माहानन्द लगायतका कलाकारको अभिनय रहनेछ ।ट्युनिसिया, स्कटल्याण्ड र टर्कीमा छायांकन हुने फिल्ममा पुरुषोत्तम प्रधानको छायाँकन, मनिष किशोरको पटकथा तथा संवाद, रामजी लामिछाने र कानु मुखर्जीको नृत्य, ओम झाको संगीत, विरेन्द्र पाण्डे र ड्रेगन प्रकाशको एक्सन रहनेछ ।