ओलीले प्रचण्डलाई भने– तपाईँको प्रस्तावमाथि छलफल हुने भए म बैठकमा जान्नँ

१ पुष २०७७, बुधबार काठमाडौँ – प्रधानमन्त्री तथा नेकपाका अध्यक्ष केपी शर्मा ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पेश गरेको पत्रमाथि छलफल हुने भए आफू स्थायी कमिटि बैठकमा सहभागी नहुने बताएका छन् ।बालुवाटारमा भएको वार्तामा ओलीले प्रचण्डलाई स्पष्ट रुपमा उनले (प्रचण्डले) पेश गरेको प्रस्ताव माथि छलफल हुने भए आफू सहभागी नहुने बताएका हुन् ।त्यसपछि प्रचण्डसहितका स्थायी कमिटि सदस्यहरुले बैठकका लागि ओलीलाई झण्डै एक घण्टादेखि प’र्खिएर बसेका छन् ।

ओली स्थायी कमिटि बैठक स्थलमा आएका छैनन् र उनको प्रतिक्षामा बैठक सुरु हुन सकेको छैन ।सरकारको सि’फारिसमा राष्ट्रपतिले मंगलबार संवैधानिक परिषद सम्बन्धी ऐ’न संशोधन गर्ने सम्बन्धी अध्यादेश जारी गरेकी थिइन् । त्यसपछि नेकपामा वि’वाद थप च’र्किएको छ ।प्रचण्ड तथा नेता माधवकुमार नेपाल पक्षले अध्यादेशको वि’रोध गरेका छन् । ओलीले आफ्ना दूत शंकर पोखरेल मार्फत बुधबारको स्थायी समिति बैठक सार्ने प्रस्ताव प्रचण्डसम्म लगेको थिए ।