सुनको भाउ ४ सय रुपैयाँले बढ्यो

काठमाडौं । सुनको भाउ बिहीबार तोलामा ४ सय रुपैयाँले बढेको छ । आज छापावाला सुन प्रतितोला ९३ हजार ५ सय रुपैयाँमा र तेजाबी सुन प्रतितोला ९३ हजार ५० रुपैयाँमा कारोबार भइरहेको छ ।अघिल्लो दिनमा सुन प्रतितोला ९३ हजार १ सय रुपैयाँमा किनबेच भएको थियो ।त्यस्तै, चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेको छ । यस दिन चाँदी प्रतितोला एक हजार २५५ रुपैयाँमा खरिदबिक्री हुँदैछ ।