गृहसचिवलाई कोरोना संक्रमण, डीआईजी ब’ढुवा तत्काल नहुने

काठमाडौं, ब’ढुवा समितिका संयोजक समेत रहेका गृहसचिव महेश्वर न्यौपानेलाई कोरोना संक्रमण भएपछि समितिको बैठक तत्काल नबस्ने भएको हो। गृहसचिव न्यौपानेलाई बिहीबार कोरोना संक्रमण पुष्टि भएको हाे। त्यसपछि उनी आइसोलेसनमा छन्। एआईजीमा विश्वराज पोख्रेल ब’ढुवा भएसँगै नेपाल प्रहरीमा ९ जना डीआईजीको द’रबन्दी रि’क्त छन्। केही दिनमै बढुवाका लागि सिफारिस गर्ने तयारी भए पनि ब’ढुवा समितिका संयोजक नै आइसोलेसनमा बस्नु परेका कारण तत्काल नहुने देखिएकाे हाे।

२०७९ वैशाख र सोही वर्ष चैतमा अवकाश हुने २४ एसएसपी डीआईजी ब’ढुवाको दौ’डमा छन्। जाे हालका आईजीपी शैलेश थापासँगै अनिवार्य अ’वकाश हुनेवाला छन्। गृह मन्त्रालय स्राेतले भने लामो समयदेखि डीआईजी रि’क्त रहेकाले कार्यवाहक जि’म्मेवारी दिएर ब’ढुवा गर्न सकिने विकल्प रहेको बताएको छ। हालका आईजीपीसहित एआईजीहरु ब’ढुवा भएपछि रि’क्त डीआईजीमा अझै ब’ढुवा हुन सकेको छैन।