टोकियोमा एकैदिन अहिलेसम्मकै धेरै सङ्क्रमित, स्वास्थ्य प्रणाली प्र’भावहीन

टोकियो । जापानको राजधानी टोकियोमा एकैदिन अहिलेसम्मकै धेरै कोरोना सङ्क्रमित फेला परेका छन् । टोकियोको महानगर प्रशासनले बिहीबार एकैदिन ८२२ जना कोरोना भाइरसबाट सङ्क्रमित भएको जनाएको छ ।सङ्क्रमितको सङ्ख्या अत्यधिक बढ्दै गएपछि स्वास्थ्य सेवा समेत अ’पर्याप्त भएको अधिकारीहरूले जनाएका छन् । टोकियोमा यसअघि गत बुधबार एकैदिन ६७८ जना सङ्क्रमित भएका थिए ।टोकियोका ग’भर्नर युरिको कोइकेले जनताको जीवन जो’गाउनका लागि आफुहरू सबै प्रकारका सतर्कता र प्रयासहरू गर्न लागिरहेको जानकारी दिएका छन् ।

एक करोड ४० लाख जनसङ्ख्या भएको राजधानीमा कोरोनाबाट सङ्क्रमितहरूको प्रभावकारी उपचार सेवाका लागि थप सामान्य शै’याहरूको स्थापना गरी सेवा दिन अस्पतालहरूलाई निर्देशन दिइएको उनले बताएका छन् ।टोकियोमा बिहीबार बेलुकासम्म ४९ हजार ४९० जना सङ्क्रमित भएका छन् । सङ्क्रमितहरूको सङ्ख्या देशभरी नै ब’ढिरहेको छ । देशभरी बिहीबार एकैदिन तीन हजार २११ जना नयाँ सङ्क्रमित थपिएका छन् ।जापानमा अहिलेसम्म कुल एक लाख ९० हजार ९३५ जना सङ्क्रमित भएका छन् भने कोरोना लागेपछि ज्यान गु’माउनेको सङ्ख्या दुई हजार ८०४ रहेको छ ।