दिनभरि ध’र्ना बस्छन्, बेलुका भोकै सुत्छन् उखु किसान !

काठमाडौं । बुधबार अपरान्ह तीन बजे माइतीघरमा चौथो दिनको ध’र्ना सकियो । सवा तीन बजेतिर सहयोगी मनहरुले संकलन गरेको खाजा उखु किसान भएको ठाउँमा आइपुग्यो । स्वयंसेवकहरुले प्लास्टिकका प्लेटमा बाँ’डेका आधी मु’ठ्ठी खिर, दुइटा पुरी र अलिकति तरकारीले किसानहरुले दिनभरको भो’क मेटाए ।खाजापछि प’र्चा–पम्प्लेट बोकेर १० जनाको एउटा स’मूह ध’र्नास्थलबाट पूर्वतर्फ सडकपेटीमा बस कु’र्न उ’भिन पुग्यो । घाम पा’तलिँदैछ । पुस १ गते काठमाडौंको तापक्रम हालसम्मकै कम तीन डिग्री सेल्सियस छ ।

७४ वर्षीय गगनदेव राय जाडोले का’प्न था’लेको उनको हातको स्या’निटाइजरको बोत्तल ह’ल्लिदा देखियो ।करिब २० मिनेट प’र्खिएपछि बा ३ ख ३१४३ नम्बरको बस आयो, जाडोले का’मिरहेका रायसहित सबै चढे । बस बानेश्वर, तीनकुने, सिनामंगल हुँदै गौशाला पुग्यो । गौशाला चोकमा ओ’र्लिएका उखु किसानहरु पशुपतिनाथ परिसरको ध’र्मशालामा छि’रे ।उनीहरुले बी ब्ल’कको पहिलो तल्लामा दुई कोठा (बी ०४ र बी ०६) लिएका छन् । दिनभरको थ’कान र जाडोले का’पिरहेका ग’गनदेव राय बी ०४ नम्बर कोठामा पसेर क’म्बलमा बे’रिए ।

दुई कोठामा पाँच–पाँच जना बाँ’डिएका किसानमध्ये कोही खा’टमा बसेर खै’नी मा’ड्न, कोही मोबाइल चा’र्ज गर्न लागे भने कोही कुनातिर प’ल्टिए । ‘दिनभरको थ’कानले बेलुका लुपुक्क नि’दाइन्छ, तर एक निन्द्राबाट ब्युँ’झिएपछि जाडोले थ’रथरी कमाउँछ । जि’उ न्यानो बनाउन भोलिको घाम कु’र्न पर्छ’, सर्लाही सिसौटियाका रामबाबु मण्डलले भने ।ध’र्मशालामा उनीहरुले २४ घन्टाको ३८० रुपैयाँ तिर्नुपर्छ । आ’न्दोलन गर्न ३६ प्रतिशत ब्याजमा ऋण लिएर आएको १० हजार रुपैयाँ जो’गाउन बेलुका न’खाई सुत्ने गरेको ७२ वर्षीय रायले बताए ।उनको आडैमा बसेका ४५ वर्षीय रामबाबु मण्डलले ‘काठमाडौंबाट जसरी पनि पैसा लिएरै आउँछु भनेर तीन जना बच्चालाई ट्युसन कक्षामा भ’र्ना गरिदिएको बताए ।

‘उता घरबाट सबैका जहानले पैसा पायो कि पाएन भनेर फोनमा सोधेका सो’ध्यै छन्’, उनले भने, ‘यता काठमाण्डुमा हाम्रो हालत यति खराब छ ।’आ’न्दोलन गर्न काठमाडौं हिँ’ड्ने दिन घरमा भएको भैंसी पनि तु’हाएको उनले सुनाए । उनकाअनुसार, त्यो भैंसी महिना पुगेर ब्या’एको भए कम्तीमा सवा लाखमा बिक्री हुन्थ्यो, त्यसमा थपथप गरेर छोरीको गौ’ना (मं’गनी) गरिदिने योजना थियो ।मण्डल ध’नकौलको अन्नपूर्ण चिनी मिलले दिनुपर्ने चारवर्ष अघिको चार लाख ५० हजार रुपैयाँ ब’क्यौता उठाउन दोस्रो पटक काठमाडौं आएका हुन् ।गगनदेव राय जस्ता वृद्वलाई पनि काठमाडौंको जाडोमा ह’ण्डर खुवाउने अन्नपूर्ण चिनीमिल नै हो ।

उखु खेतीका लागि जग्गा धितोमा राखेर कृषि विकास बैंकबाट लिएको १० लाख ऋणको व्याज बढेर म’र्नु बनाएको पी’र अलग रहेको रायले सुनाए ।‘मेरो पनि चारवर्ष अघिकै ४ लाख रुपैयाँ बाँकी छ’, उनले भने, ‘म पनि आ’न्दोलन गर्न दोस्रो पटक काठमाडौं आएको हुँ । पोहोर धर्ना दिन आउँदा लागेको १० हजार ऋण अझै ति’र्न सकेको छैन ।’रात पर्दै गयो, दिनभर माइतीघरको चिसो सडकमा ध’र्ना बसेका उनीहरु था’केका थिए । फेरि भोलि विहान उठेर त्यही माइतीघरमा ध’र्ना दिन जानु पनि थियो । ढोका भित्र र बाहिर उ’भिएका पाँचजना छे’वैको कोठा बी ०६ मा पसे । रामबाबु मण्डलले हामीलाई पनि बि’दाई गरेर कोठाको बत्ति नि’भाए ।