भोलिसम्म किसानको खातामा रकम जम्मा नभए पर्सीदेखि उद्योगीहरुलाई पक्राउ गछौँ : मन्त्री भट्ट

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ती मन्त्री लेखराज भट्टले भोलि शनिबारसम्म उखु किसानको खातामा रकम जम्मा नगरिदिए आइतबार देखि उद्योगीहरुलाई पक्राउ गर्ने बताउनु भएको छ ।शुक्रबार उखु किसानहरुले माइतीघर मण्डलामा प्रदर्शन गरिरहेको स्थानमा पुगेर भोलि खातामा रकम जम्मा नभएको अवस्थामा पक्राउ गर्ने बताउनु भएको हो ।उहाँले उखु किसानको लागि नै भएपनि शनिबार भोलि बाणिज्य बैंकहरु खुला गरिने बताउनु भयो । यसअघि नै गृह मन्त्रालयमा आयोजित सुरक्षा परिषदको बैठकले उखु किसानको बाँकी रकम भुक्तानी नगर्ने उद्योगीहरुलाई पक्राउ गर्ने निर्णय गरेको थियो ।

उखु कृषकहरुको आन्दोलनलाई विभिन्न पार्टीका नेताहरुले पनि समर्थन गरेका छन् । ४ बर्ष अघिको उखुको रकम नपाएका उखु कृषकहरु केहिदिन अघिबाट आन्दोलनमा छन् उनहिरुले गत बर्ष पनि आन्दोलन गरेका थिए ।तर उनीहरुले अझै परा रकम भुक्तानी पाएका छैनन् । उनीहरु बाँकी भुक्तानीको बिल सहित आन्दोलनमा उत्रिरहेका छन् ।