अभिनेत्री नम्रता श्रेष्ठबारे रोचक कुराहरु

काठमाडौँ । नेपाली फिल्म क्षेत्रकी चर्चित अभिनेत्री हुन् नम्रता श्रेष्ठ । उनी फिल्म क्षेत्रमा मात्र नभई मोडलिङ क्षेत्रमा पनि उत्तिकै चर्चित रहेकी छिन् । उनको जन्म सन् १९८६ जुन १४ मा धरानमा भएको थियो । उनले डेब्यु गरेको फिल्म सानो संसार हो । उनलाई नाचगान तथा अभिनयमा निकै सौख रहेको छ । उनले आफ्नो अध्ययन किस्ट कलेजबाट गरेकी हुन् । उनले ब्याचलर इन मिडिया साइन्स गरेकी छिन् । उनले अभिनय गरेका फिल्महरु सानो संसार, मेरो एउटा साथी छ, मौन, नोभेम्बर रेन, क्लासिकपर्व र मेघा हुन् ।

कुनै समय उनी सेक्स स्क्याण्डलको शिकार समेत भएकी थिइन् । तर, त्यो विवादबाट बाहिर आउन उनलाई केही वर्ष लाग्यो । आफ्नो कला र अभिनयका कारण आज उनी एक स्थापित कलाकार भइसकेकी छिन् । लभ अफेयरका कारण पछिल्लो समय उनी चर्चामा आउने गरेकी छिन् । उनी र रेमन दास श्रेष्ठबीचको लभ अफेयर पनि निकै चर्चामा रहेको थियो । तर, उनीहरुबीच ब्रेकअप भइसकेको छ ।