आज विवाहपञ्चमी, जनकपुरमा सीता-रामको विवाह महोत्सव

जनकपुरधाम, आज मंसिर शुक्ल पञ्चमी अर्थात विवाहपञ्चमी। त्रेता युगमा आजकै दिन भगवान राम र आदर्श नारी सीताबीच विवाह भएको स्मरणमा जनकपुरमा हार्षोल्लासपूर्वक विवाहपञ्चमी महोत्सव मनइँदै छ। प्रत्येक वर्ष सप्ताहव्यापरी रुपमा मनाइँने विवाहपञ्चमी महोत्सवमा राम र सीताको विवाह गर्ने प्रचलन छ। त्रेता युगमा जुन प्रकारले राम र सीताको विवाह प्राचिन मिथिलाको राजधानी जनकपुरमा भएको किम्बदन्ती छ गरिन्छ, त्यसरी नै वर्तमानमा समेत राम जानकीको डोलालाई जनकपुरमा स्वयंवर गरि वैदिक परम्परा अनुसार विवाह गर्ने परम्परा छ।

आज दिउँसो साधुशन्तको अगुवाइमा झाँकी किर्तन सहित राम मन्दिरबाट भगवान रामको डोला र जानकी मन्दिरबाट जानकीको डोला निस्केर एतिहासिक बा’ह्रविघा रंगभूमि मैदान पुगेर स्वयंवर गरिन्छ। ढोल पिपही, सहनाई, बैण्डबाजा र पञ्चेबाजासहित निस्किने दुवै डोला वा’ह्रविघा मैदानमा मिलन भएपछि वैदिक परम्परा अनुसार मा’लाफेर गरी राम र जानकीको विवाह गर्ने प्रचलन छ। डोलाको दर्शन र रामसीताको विवाह हेर्न बा’ह्रविघा मैदानमा हजारौँको संख्यामा दर्शनार्थीको घु’इँचो लाग्ने गर्छ। स्वयम्वर पश्चात राम र जानकीको डोलालाई नगर प’रिक्रमा गर्दै जानकी मन्दिरमा पुगेर साँझदेखि विवाहको का’ज सुरु हुन्छ।

राम र सीताको विवाहको लागि यसवर्ष पनि जानकी मन्दिरको प्रांगणमा विवाह मण्डप अर्थात म’रबा बनाईएको छ । राम र जानकीको विवाहको लागि जानकी मन्दिरलाई न’वदुल्ही झै सिंगारिएको छ। वैवाहिक कार्यक्रममा झाँ’की कि’र्तन सहित सांस्कृतिक कार्यक्रमहरुको समेत आयोजना हुन्छ। जसको अवलोकनको लागि हजारौं द’र्शनार्थीको जानकी मन्दिरमा घु’इँचो ला’ग्ने गरेको छ। वैवाहिक कार्यक्रममा भगवान रामका बुबा राजा दशरथको भूमिकामा राम मन्दिरका महन्थ राम गिरी र सीताको पिता राजा जनकको भूमिकामा जानकी मन्दिरका महन्थ रामतपेश्वर दास बैष्णव छन्।

सप्ताहव्यापी रुपमा मनाइने सीताराम विहपञ्चमी महोत्सको पहिलो दिन नगर दर्शन, दोश्रो दिन फुलवारी लिला, तेश्रो दिन धनुष यज्ञ, चौथो दिन ति’ल्कोत्सव, पाँचौ दिन दिन म’टकोर तथा पूजा कार्यक्रम स’म्पन्न भईसकेको छ। छैटौँ दिन आज सीतारामको विवाहको कार्यक्रम स’म्पन्न भएपछि भोली रामकलेवा गरी ज’न्ती एवं सा’धुशन्तालाई वि’दाई गर्दै वि’धिवत रुपमा विवाह पञ्चमी महोत्सव स’मापन हुने जानकी मन्दिरका सह महन्त रामरोशन दास बैष्णवले जानकारी दिए।