घाँस बो’क्न सरकारी गाडी

रुकुम पश्चिम, शनिबारको दिन सरकारी गाडीमा घाँस बो’केको भन्दै कर्णाली प्रदेशसभा अर्थ तथा प्राकृतिक स्रोत समितिका सभापति गणेशप्रसाद सिंहको गाडी प्रहरीले नियन्त्रणमा लिएको छ ।सभापति सिंह च’ढ्दै आएको कर्णाली प्रदेश ०२ – ००१ झ ००४० नम्बरको गाडीले वीरेन्द्रनगर नगरपालिका वडा नम्बर ११ भेरीबाट घाँस लि’एर आउँदै गर्दा सु’ब्बाकुनामा ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । प्रदेशसभा संसदीय समितिका सभापति सिंहलाई यातायात सुविधाका लागि सो गाडी प्र’दान गरिएको थियो ।

शनिवारका दिन गाडीको दु’रुपयोग गरेर घाँस बो’केको पाइएपछि शनिबार प्रहरीले नियन्त्रणमा लिएको हो ।कार्यालय बि’दा हुने शनिबारको दिन सरकारी गाडी घाँस बो’केर गु’डेको देखेपछि ट्राफिक प्रहरीले गाडी नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जानकारी दिएको छ ।