‘एकै चरणमा चु’नाव गरौँ, सस्तो पर्न जान्छ’: निर्वाचन आयोग

काठमाण्डाै – नि’र्वाचन आयोगले एकै चरणमा चु’नाव गर्न प्रधानमन्त्री केपी शर्मा ओलीलाई सु’झाव दिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको छलफलमा प्रमुख नि’र्वाचन आयुक्त दिनेशकुमार थपलियाले चु’नाव एकै चरणमा गर्नुपर्ने सु’झाव दिएको निर्’वाचन आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । ‘एकै चरणमा चु’नाव गराउँदा व्यवस्थापनमा सजिलो हुन्छ र आर्थिक हि’साबले सस्तो पनि पर्न जान्छ भन्ने स’ल्लाह प्रमुख आयुक्तले दिनुभएको छ’, प्रवक्ता श्रेष्ठले भन्नुभयो ।

निर्वाचन आयोग सरकारले भनेकै मितिमा चुनाव गराउन तयार रहेको र सरकारको निर्देशन प्राप्त हुनासाथ तयारी थाल्ने पनि उहाँले बताउनुभयो । प्रधानमन्त्री केपी ओलीले आइतबार संसद् वि’घटन गरेर २०७८ सालको वैशाख १७ र २७ गते २ चरणमा चु’नाव गर्न राष्ट्रपति समक्ष सिफारिस गर्नुभएको छ । यो प्रस्ताव राष्ट्रपति विद्यादेवी भण्डारीले स्वीकृत गरिसक्नुभएको छ ।