ओलीको क’दमविरुद्ध कांग्रेस, नेकपा र समाजवादीले संयुक्त प्र’तिवाद गर्ने

काठमाडौँ: संसद विघटनविरुद्ध नेकपासहित तीन दलले संयुक्त रुपमा प्रतिवाद गर्ने जनाएका छन् । नेकपा, कांग्रेस र जनता समाजवादी (जसपा)का शीर्ष नेताहरुको आइतबार साँझ बसेको बैठकले यस्तो सहमति गरेको हो ।नेकपाका वरिष्ठ नेता माधव नेपाल र झलनाथ खनाल सहित बसेको शीर्ष नेताहरुको बैठकसँगै प्रधानमन्त्रीको कदमवि’रद्ध संयुक्त प्र’तिवाद गर्ने सहमति भएको हो ।यस कदमले देशलाई ग’म्भीर सं’कटतिर ध’केलेको भन्दै उनीहरुले आगामी दिनमा संयुक्त रुपमा प्र’तिवाद गर्ने बताएका हुन् ।

नेकपाको तर्फबाट माधव नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ र देव गुरुङ बैठकमा सहभागी थिए ।यस्तै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, मिनेन्द्र रिजाल र बालकृष्ण खाण सहभागी थिए । यस्तै जसपाका नेताहरु डा बाबुराम भट्टराई र राजेन्द्र महतो पनि बैठकमा सहभागी थिए । साथै यही सोमबारका लागि यी तीन दलको बैठक बस्ने तय भएको छ ।