ओली गु’टको ‘र’बर स्टयाम्प’ !

काठमाडौँ। प्रधानमन्त्री केपी ओली नेतृत्वको सरकारले गरेको प्रतिनिधिसभाको वि’घटन र मध्यावधि चुनावको सिफारिसलाई तुरुन्तै सहजै स्वी’कृत गरेपछि राष्ट्रपछि विद्यादेवी भण्डारी वि’वादमा तानिएकी छन् । सरकारको संसद् विघटन गर्ने सिफारिस असंवैधानिक भन्दै सर्वत्र आ’लोचना भइरहेकै बेला प्रतिनिधिसभा विघटनजस्तो महत्त्वपूर्ण राजनीतिक विषयमा धेरै सोचविचार, सरसल्लाह र सुझाव लिने काम नगरी प्रधानमन्त्रीको क’दममा साथ दिएपछि राष्ट्रपतिको आ’लोचना बढेको हो ।राष्ट्रपति संस्था ‘रबर स्ट्याम्प’ मात्रै त होइन भन्ने प्रश्न पनि उ’ब्जिएको छ । आजको कान्तिपुर दैनिकमा समाचार छ ।

महत्त्वपूर्ण विषयमा तत्कालीन संवैधानिक राजा विरेन्द्र तथा गणतन्त्र नेपालका प्रथम राष्ट्रपति रामवरण यादवले थालेको छलफल र परामर्शको अभ्यासलाई भण्डराीले वे’वास्ता गरेकी छन् ।भण्डारीले तत्कालीन राजा ज्ञानेन्द्र शाहै शैलीमा वि’घटनको सिफारिस कार्यान्वयनमा हतारो देखाएको टिप्पणी भएको छ । परिणाम सामाजिक सञ्जाललेखि मिडियाहरुमा प्रधानमन्त्रीसँगै राष्ट्रपतिको आ’लोचनामा पनि उत्तिकै अभिव्यक्तिहरु आएका छन् ।संविधान का’नुनका जानकारी वरिष्ठ अधिवक्ता रा’धेश्इाम अधिकारीले राष्ट्रपतिको भूमिका शंकाको घेरामा परेको बताए । ‘संविधान र राष्ट्रभन्दा पनि राष्ट्रपतिले राजनीतिक दलभित्रको एउटा गु’टलाई संरक्षण गर्ने काम गर्नुभएको छ,’ उनले भने ।