सेनाले नलगाड छोड्दै

जाजरकाेट । छ महिनाभन्दा बढी समयसम्म नलगाड जलविद्युत् आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर)को काम रो’किएपछि सु’रक्षामा ख’टिएको सेनाले हात झि’क्ने चे’तावनी दिएको छ। सुरक्षामा ख’टिएको सेनासँग दुई वर्षको सम्झौता गरेको भए पनि सम्झौता मिति सकिएको र अहिलेसम्म सम्झौताअनुसारको व्यवस्थापनसमेत नगरेको सेनाले जानकारी दिएको छ। सम्झौताअनुसार नेपाली सेनालाई रु १५ लाख भुक्तानी दिइएको र रु ४३ लाख दिन बाँकी रहेको छ। डिपिआरको जिम्मा लिएको स्मे’क, ए’मडब्लुएच र स्वदेशी कम्पनी उदय क’न्सल्ट्यान्टले लिएका छन्।

आयोजनाको डिपिआर बनाउने जिम्मा लिएको क’न्सल्ट्यान्टले नै सेनालाई सम्झौताअनुसार पैसा भुक्तानी नदिएको नलगाड जलविद्युत् आयोजनाले जनाएको छ। योभन्दा पहिला सेनालाई रु १५ लाख उदय क’न्सल्ट्यान्टका बसन्त डिसीले उपलब्ध गराएका थिए ।डिपिआरको काम गर्दा वि’स्फोटको जिम्मा नेपाली सेनाको रहेको थियो। सेनासँग दुई वर्षका लागि सम्झौता भएकोमा सो सम्झौतासमेत भाका ना’घिसकेको छ। सेनाले दैनिक कामको बारेमा छलफल गर्न खोज्दा कोही पनि सम्पर्कमा नआएको बताएको छ। अहिले आयोजनास्थलमा ख’टिएको सेनाले व्यवस्थापनको कुनै पनि कुरा नहेरेको सेनाले जनाएको छ।