काठमाडौं । बिघटित प्रतिनिधिसभाका सदस्य छक्कवहादुर लामाले आफ्नो हस्ताक्षर प्रधानमन्त्री वि’रुद्ध अ’विश्वास प्रस्तावमा दु’रुपयोग भएको भन्दै आ’पत्ती जनाएका छन् ।अर्कै प्रयोजनमा पहिलेनै गरेको हस्ताक्षरलाई संसद सचिवालयमा पेश गरिएको भन्दै लामाले आफू प्रधानमन्त्री केपी ओलीको वि’रुद्धमा नगएको बताएका हुन् ।हुम्लाबाट तत्कालीन माओवादीको बा’गी उम्मेदवार बनेर जि’तेका लामा सांसद निर्वाचित भएपछि नेकपामै जो’डिएका थिए ।पूर्व माओवादी नेता लामा प्रधानमन्त्री निवास बालुवाटारमा नेकपाका सांसदहरुको भेलामा सहभागी हुन पुगेका छन् ।
त्यस्तै नेकपाका कार्यकारी अध्यक्ष प्रचण्ड एवं वरिष्ठ नेता माधव कुमार नेपाल पक्षले पनि आजै दिउँसो १ बजे आफूनि’कट सांसदको भेला गर्दैछ ।स्रोतका अनुसार सोमबार दिउँसो १ बजे संसद् भवनमै बैठक हुनेछ। यस्तै त्यहीं दिउँसो ३ बजे नेकपाको स्थायी कमिटीको बैठक पनि राखिने नेकपाका एक नेताले जानकारी दिए।
तपाईको प्रतिक्रिया दिनुहोस्