प्रचण्डले मलाइ पार्टीबाट हटाएको घोषणा गर्दैछन : ओली

काठमान्डौ , प्रधानमन्त्री एबम नेकपाका अद्यक्ष केपी शर्मा ओलीले भोलि आफुलाई प्रचण्डले पार्टीबाट हटाएको घोषणा गर्न लागेको खुलाशा गरेका छन ।आफु निकट नेताहरुलाई बालुवाटारमा बोलाएर ओलीले आफ्नो बिरुद प्रचण्डले यस्तो गर्न लागेको बताएका हुन् ।उनले बालुवाटारमा सोमबार बिहान भएको भेलामा सम्बोधन गर्दै भने, “प्रचण्ड–माधव नेपालको गठबन्धन अनावश्यक थियो, हामी एकैठाउँमा हुँदा पनि व्यवस्थापन गर्न सकेनौँ । लोकतन्त्रमा जनताले नै गर्ने निर्णय अन्तिम हुने भएकाले जनताकहाँ जाने निर्णय गरिएको हो ।”

बैठकमा सहभागी निवर्तमान सांसद महेश बस्नेतका अनुसार वैचारिक र सांगठनिकरुपमा सकिएको पार्टीलाई बढी हैसियत दिएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले आफूले राखेको बैठकमात्रै आधिकारिक हुने बताएका थिए ।“संसदीय दलको नेता मै हुँ, पार्टीको अध्यक्ष पनि,” ओलीले भनेका थिए, “अरु भेला कहाँ कहाँ भएका छन् ति सबै निर्वाचनको माहौल बनाउन भएका हुन् ।”