सं’कटकाल घो’षणा गर्ने तयारीमा सरकार

काठमाडौं ।राष्ट्रपति र प्रधानमन्त्रीको मिलेमतोमा संघीय संसद्को प्रतिनिधिसभा वि’घटनभएसँगै उत्पन्‍न परिस्थिति मूल्यांकन गर्दै सरकारले सं’कटकाल घो’षणा गर्ने तयारीमा प्रवेश गरेको छ । प्रधानमन्त्रीको सिफारिसमा आइतबार राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा वि’घटन गरेपछि संवैधानिक सं’कटमा परेको हो । प्रधानमन्त्रीले शान्ति-सुरक्षा र कोभिड कारण देखाउँदै सं’कटकाल लगाउने सवालमा बालुवाटारमा छलफल चलाएको स्रोतले बताएको छ ।राष्ट्रपति-प्रधानमन्त्रीको मिलेमतो-सहकार्य सघन भएको हुँदा सरकारले जस्तो सुकै निर्णय पनि गर्न सक्ने धारणा सुरक्षा नि’कायका अधिकारीहरुको पनि छ ।

सं’कटकाल घो’षणा गरेको अवस्थामा संविधानतः मौलिक हकहरु नि’लम्बन गर्न सक्ने व्यवस्था छ ।संसद वि’घटनवि’रुद्ध काठमाडौँसहित देशभर प्र’दर्शन भएको छ । यही प्र’दर्शन निहुँ बनाउँदै सं’कटकाल घो’षणा तयारी हुँदै गरेको दा’बी सरकारी स्रोतहरुको छ । वि’घटनपछि आइतबार प्रधानमन्त्री ओलीले चार सु’रक्षा निकायका प्रमुखहरू बालुवाटारमा छलफल गरे । ओली प्रधानसेनापति पूर्णचन्द्र थापा, स’शस्त्र प्रहरी ब’लका महानिरीक्षक शैलेन्द्र खनाल, नेपाल प्रहरीका महानिरीक्षक शैलेस थापा क्षेत्री र राष्ट्रिय अ’नुसन्धान आयोगका प्रमुख गणेश अधिकारीसँग मुलुकको सु’रक्षा चु’नौतीको विषयमा छलफलमै ‘सं’कटकाल’को संकेत गरेका हुन् ।

प्रधानसेनापति थापाले आफ्ना सबै पृ’तनापतिहरुसँग छलफल गर्दै तयारी अवस्थामा रहन निर्देशन दिएका छन् । त्यही अनुरुपको वि’श्लेषण पनि उनले प्रधानमन्त्रीसमक्ष राखेका थिए । अन्यले पनि प्रधानमन्त्रीसमक्ष आ-आफ्नो दृ’ष्टिकोण राखेका थिए । कुन विषय आधार बनाएर सं’कटकाल लगाउने भन्‍नेमा प्रधानमन्त्री अ’न्यौलमा छन् । २०५८ मा मा’ओवादी द्व’न्द्व हुँदाका बखत ६ महिना सं’कटकाल लागेको थियो ।संविधानको धारा २७३ मा सं’कटकालको प’रिकल्पना व्यवस्था छ ।