यसकारण गरिएको रहेछ प्रतिनिधिसभा वि’घटन

६ पुष २०७७, सोमबार काठमाडौँ — प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले सरकारलाई चारैतिरबाट घे’राबन्दीमा पारिएकाले प्रतिनिधिसभा वि’घटन गरिएको बताएका छन् । सोमबार दिउँसो देशवासीका नाममा स’म्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले जनताबाट निर्वाचित सरकारलाई काम गर्न नदिएपछि आफूले बा’ध्य भएर संसद वि’घटन गरेको बताएका छन्। उनले सम्बोधनका क्रममा भने, ‘विगत केही महिनादेखि सरकारलाई कस्तो घे’राबन्दीमा पारियो भन्ने तपाईंहरुलाई नै थाहा छ ।

प्रधानमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गर्ने प्रयास गरियो, पार्टी अध्यक्ष तथा संसदीय दलका नेतालाई थाहै नदिई संसद् अ’धिवेशन बोलाउन खोजियो ।’लिपुलेक, कालापानी र लिम्पियाधुरासहितको नक्सा प्रकाशनलगायतका थुप्रै राष्ट्रवादी काम हुँदासमेत सरकारलाई घे’राबन्दीमा पारिनु वि’डम्बणापूर्ण भएको उनले बताए । उनले सत्तापक्षकै कतिपय नेता प्रतिपक्ष दलका नेताभन्दा पनि आ’क्रामक रुपमा लागेको पनि आरोप लगाए ।प्रधानमन्त्री ओलीले प्रधानमन्त्री बन्ने तयारीमा रहेका पार्टीका नेता र प्रतिपक्ष दललाई पनि नयाँ निर्वाचनले आफ्नो लोकप्रियता मापनका लागि सहयोग गर्ने दा’बी गरे ।

विगतका तितामिठा अनुभवलाई चु’नावमा जान पनि उनले असन्तुष्ट पक्षलाई आग्रह गरेका छन् । ‘निर्वाचनको घो’षणले पार्टी एकतालाई थप ब’लियो बनाउने अपेक्षा गरेको छु । पार्टी एकता हुनुमा, पार्टी पहिलो हुनुमा, पार्टीले विशाल ज’नसर्मथन प्राप्त गर्नुमा केपी ओलीको कुनै योगदान छैन, हामी पो निर्णायक हौँ भन्ने क’मरेडहरुलाई पनि लोकप्रियता र क्षम’ताको मापन गर्ने अवसर यसले प्रदान गर्नेछ,’ उनले भने ।