प्रधानमन्त्री ओलीले बोलाउनु भएको केन्द्रीय कमिटीको बैठक नौं’टङ्की : अध्यक्ष प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अर्का अध्यक्ष केपी शर्मा ओलीले बोलाउनु भएको केन्द्रीय कमिमटीको बैठक अ’वैध हुने बताउनु भएको छ ।प्रधानमन्त्री समेत रहनु भएका ओलीले मंगलबार बिहान बालुवाटारमा केन्द्रीय कमिटीको बैठक बोलाउनु भएको छ । पार्टीबाट अल्पमतमा रहनु भएका ओलीको सो बैठकको औ’चित्य नहुने अध्यक्ष प्रचण्डको भनाइ थियो ।उहाँले सोमबार संसद भवन नयाँ बानेश्वरमा सांसदहरुलाई सम्बोधन गर्दै मंगलबार दिउसो १ बजे कार्की प्यालेसमा बस्ने केन्द्रीय कमिटीको बैठक नै वै’ध हुने बताउनु भयो ।

अध्यक्ष प्रचण्डले भन्नु भयो, ‘भोलि १ बजे कार्की पार्टी प्यालेसमा बस्ने केन्द्रीय समितिको बैठक वास्तविक हुनेछ, बालुवाटारमा बस्ने कथित बैठक नौ’टंकी मात्रै हो ।’उहाँले यसअघिको स्थायी कमिटीको बैठकबाटै केन्द्रीय कमिटीको बैठक गर्ने भनेर निर्णय गरिसकेको बताउनु भयो । सो निर्णय निर्वाचन आयोगलाई समेत औपचारिक रुपमा जानकारी गराइएकोले ओलीले बोलाउनु भएको बैठकले बै’धानिकता नपाउनु दा’वी गर्नुभयो ।पूर्वमाओवादी र पूर्वएमाले पार्टी एकीकरण गर्दा ४४१ जनाको हस्ताक्षर निर्वाचन आयोगमा रहेको भन्दै आफूहरुले बोलाएको केन्द्रीय कमिटीको बैठकको अ’बैधानिकतामा प्रश्न खडा हुन नसक्ने भउकाले चिन्ता गर्नु पर्ने कारण नभउको अध्यक्ष प्रचण्डको भनाइ थियो ।