नेकपा फु’टेपछि झन् भ’यंकर ल’डाइँ

काठमाडौं, प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअघि २०७४ असोज १७ गते तत्कालीन नेकपा एमाले र नेकपा मा’ओवादी–केन्द्रबीच बा’म ग’ठबन्धन बनाएर चुनाव लड्ने सहमतिसँगै पार्टी एकीकरणको प्रक्रिया अगाडि बढेको थियो । त्यही जगमा २०७५ जेठ ३ गते पार्टी एकता गरेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) घोषणा भएको थियो ।चु’नावकै बेलादेखि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनतालाई ‘समृद्धिको सपना’ देखाउँदै नेकपा घो’षणा गरेका थिए । आज अध्यक्ष ओली र प्रचण्ड दुवै पक्षका छुट्टाछुट्टै केन्द्रीय कमिटी बैठक बसेर समृद्धि सपनाको औपचारिक अ’वसान गरिँदैछ ।

नेकपाभित्र च’र्केको झ’गडा र वि’वादले पार्टीको झण्डै दुईतिहाइ बहुमत रहेको प्रतिनिधिसभा वि’घटन गरिएको छ । अध्यक्ष प्रचण्ड पक्षको द’बाब, प्रभाव, चे’तावनी र छे’डखानीले वा’क्क भएर संसद वि’घटन गर्दै ताजा जनादेशमा जाने निर्णय गर्नुपरेको ओलीको तर्क छ । अध्यक्ष प्रचण्डले भने संसद विघटनलाई अ’संवैधानिक ठह¥याउँदै संसद पुनःस्थापना हुनुपर्ने माग गरिरहेको छ । प्रधानमन्त्री ओली ने’तृत्वको मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट संसद वि’घटन गर्दै आगामी बैशाख १७ र २७ गते प्रतिनिधिसभा निर्वाचन घो’षणा गरिएको छ ।

पार्टी एकीकरणपछि नेकपाभित्र देखिएका समस्या र सं’कट पार्टी फु’टसँगै समाप्त होलान् त ? हुँदैनन् । नेकपाको सं’कट पार्टी फु’टपछि झन् भ’यंकर भएर जाने देखिएको छ । दुवै पक्ष एकअर्कालाई सि’ध्याउने खेलमा लाग्ने स्पष्ट देखिएको छ ।एकअर्कालाई राजनीतिक रूपमा सि’ध्याउने खेल अन्तर्गत आज दुवै पक्षका केन्द्रीय कमिटी बैठक बस्दैछन् । बिहान ९ बजे बालुवाटारमा प्रधानमन्त्री ओलीले बैठक बोलाएका छन् भने । दिउँसो १ बजे बबरमहलको कार्की व्याङ्केटमा प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको बैठक बस्दैछ ।

पार्टी शीर्ष नेतृत्व मात्रै होइन, पार्टी केन्द्रीय कार्यालयका सचिवहरू पनि वि’भाजित भएका छन् । प्रचण्ड पक्षमा केन्द्रीय कार्यालय सचिव श्रीराम ढकाल छन् भने ओली पक्षमा कार्यालय सचिव ईश्वरी रिजाल रहेका छन् ।दुवै पक्षको बैठकबाट एकअर्कालाई पार्टीबाट का’रवाही गर्नेसम्मको निर्णय हुनेछ । प्रचण्ड पक्षले यसअघि नै स्थायी कमिटी बैठकबाट ओलीमाथि अनुशासनको का’रवाही गर्ने प्रस्ताव केन्द्रीय कमिटीमा लैजाने निर्णय गरिसकेको छ । यसबारे निर्वाचन आयोगलाई समेत लिखित जानकारी दिइएको छ ।ओलीलाई पार्टी अध्यक्षबाट हटाएर वरिष्ठ नेता नेपाललाई अध्यक्ष बनाउने तयारी रहेको स्रोतले जनाएको छ ।

प्रचण्ड पक्षले भोलि बुधबार संघीय संसदीय दलको बैठक राखेर ओलीलाई दल नेताबाट ह’टाउने तयारी समेत गरेको छ । यसको प्रतिवाद स्वरूप ओलीले समेत पक्कै केही निर्णय लिनेछन् ।ओली र प्रचण्डको विवाद पार्टी निर्णय र का’रवाहीमा मात्रै सीमित छैन, भौतिक रूपमा ल’डाइँ गर्ने र भौतिक संरचना कब्जा गर्नेसम्म पुग्ने देखिएको छ । त्यसको संकेत लमजुङ जिल्लामा देखिएको छ ।नेकपा भातृ सं’गठन राष्ट्रिय युवा संघ र विद्यार्थी सं’गठनका ओली पक्षीय नेता कार्यकर्ताले बेंसीशहरस्थित पार्टी कार्यालय (मदन–आश्रित स्मृ’ति भवन) मा प्रचण्ड पक्षीय जिल्ला अध्यक्षलाई बस्नै दिएनन् ।

पूर्व मा’ओवादी पक्षीय नेत्री तथा जिल्ला अध्यक्ष मधुमाया अधिकारीलाई ओली पक्षीय युवाले ल’खेट्दै पूर्व एमालेले बनाएको पार्टी कार्यालयमा बस्न नपाइने उर्दी जारी गरेका छन् ।पार्टी कार्यालयको कार्यकक्षमै रहेका बेला ओली पक्षका युवाले आफूले थुनेको दाबी समेत अधिकारीले गरेकी छन् । ओली पक्षका युवाले अध्यक्ष र सचिवको कार्यकक्षमा ता’लाबन्दी समेत गरेका छन् । यो प्रवृत्ति देशभर देखिँदै जानेछ । पार्टी फु’टको औपचारिक घो’षणापछि स्वामित्वको ल’डाइँ चल्नेछ ।प्रधानमन्त्री ओलीले मंगलबार देशबासीलाई सम्बोधन गर्दै बैशाखको निर्वाचन हुने र निर्वाचनमा हो’मिन आह्वान गरेका छन् ।

निर्वाचनका लागि ओलीले निर्वाचन आयोग र सुरक्षा निकायलाई निर्देशन समेत दिइसकेका छन् । संसद पुनःस्थापनाको मागलाई ओलीले वास्ता गर्ने संकेत देखिँदैन, बरु द’मन र ब’ल प्रयोग गरेरै निर्वाचनमा जाने ओलीको तयारी छ ।राजनीतिक क’र्तव्यनिर्वाहका लागि संसद वि’घटनको वि’रोध गरेपनि नेपाली कांग्रेस ढिलोचाँडो निर्वाचनमा हो’मिने निश्चित छ । कांग्रेस सभापति शेरबहादुर देउवालाई बैशाखको निर्वाचन सुखद अवसर बनेर आएको छ । निर्वाचन मुखैमा आएकाले पार्टी महाधिवेशन गर्ने झ’न्झटबाट पनि मुक्ति मिल्नेछ भने नेकपा विभाजन भएको अवस्थामा कांग्रेस पार्टीलाई जिताएर त्यसको श्रेय लिने अवसर समेत मिल्नेछ ।

देउवाले यसअघिको निर्वाचन जिताउन नसकेको भनेर पार्टीभित्रै लागेको दो’ष पखाल्ने अवसर ओलीले मध्यावधि निर्वाचन घो’षणा गरेर दिएका छन् । नेकपाभित्रको वि’वाद, समृद्धि सपना अ’लपत्र पारेर मध्यावधि निर्वाचन घो’षणा गरेको दोष र गत चु’नावका वाचा पूरा नगरेका कारण कांग्रेसका लागि आगामी चुनाव सम्भावनायुक्त समेत छ ।कांग्रेस मात्रै होइन, राजतन्त्र र हिन्दूराष्ट्र सहितको मु’द्दा लिएर सक्रिय राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले समेत निर्वाचनको स्वागत गरेको छ । तसर्थ देश अन्ततः निर्वाचनमै हो’मिने देखिन्छ ।तर नेकपाभित्र भने पार्टीको स्वा’मित्व ओली वा प्रचण्ड कुन पक्षले लिने भन्ने वि’वाद चलिरहनेछ ।

ओलीले आफू १ नम्बर अध्यक्ष भएकाले आफ्नो हस्ताक्षर विना भएका कुनै पनि निर्णय वै’धानिक नहुने तर्क गरिरहेका छन् । प्रचण्ड पक्षले बहुमत देखाएर निर्णय गर्दै बहुमत वैधानिक हुने तर्क गरिरहेका छन् । यी तर्कले जन्माएको वि’वाद निर्वाचन आयोग वा अदालतमा पुग्नेछ । आयोग र अदालतले समेत प्रमाणका आधारमा बोल्ने भएकाले नेकपाको एकीकरण टुं’गोमा नपुगेको सं’क्रमणकालीन अवस्थामा दुवै पक्षका प्रमाण र आधार ग’ञ्जागोलयुक्त हुनेछन् । जसका आधारमा निर्णय लिन आयोग र अदालतलाई समेत अप्ठ्यारो पर्ने नेकपाकै नेताहरू बताउँछन् ।

एकअर्कालाई सिध्याउने खेल अन्तर्गत प्रधानमन्त्री ओलीले नेकपाको स्वा’मित्व आफ्नो हातमा पार्ने कोसिस गर्नेछन् । आफ्नो हातमा पार्टी नआउने अवस्थामा वि’वाद ल’म्ब्याएर आगामी चुनावसम्म अर्काे पक्षलाई समेत पार्टीको स्वामित्व दिनबाट रोक्नेछन् । ओलीले वैकल्पिक रूपमा ‘उदाउँदो सूर्य’ चु’नाव चिह्नसहित निर्वाचन आयोगले नेकपा एमाले पार्टी दर्ता गराएको चर्चा यसअघि नै चलेको हो ।ओलीले आफू उदाउँदो सूर्यसहित चु’नाव ल’ड्ने र सूर्य चिह्नलाई वि’वादित बनाएर प्रचण्ड पक्षलाई अ’लपत्र पार्ने रणनीति बनाएको स्रोतले जनाएको छ ।

यस्तो बेला प्रचण्ड पक्ष समेत चुप लागेर नबस्ने, सडकमा आ’न्दोलन च’र्किन सक्ने, त्यसलाई रो’क्न ओली सरकारले द’मन गर्न सक्ने, आ’न्दोलन बढ्दै गए देशमा सं’कटकाल समेत लाग्न सक्नेसम्मका सम्भावनाका ढोका खुल्दै गएका छन् ।तत्कालीन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर खुलेको ‘समृद्धि सपना’को ढोका ‘सं’कटकाल सम्भावना’मा पुगेर टुं’गिएको छ । ओली र प्रचण्ड पक्षको ल’डाइँ कहाँ गएर टुंगिन्छ ? हेर्न बाँकी छ ।काठमाडु पाटी