प्रचण्ड–नेपाल पक्षका सबै नेताहरुलाई कारबाही गरीने

काठमाडौं, नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षले बोलाएको केन्द्रीय समिति बैठक सुरु भएको छ। नि’र्धारित समयभन्दा २ घण्टा ढिलागरी बैठक सुरु भएको हो। केपी शर्मा ओलीको अध्यक्षतामा बैठक सुरु भएको प्रधानमन्त्री ओलीका प्रमुख सल्लाहकार विष्णु रिमाल जानकारी दिए। ‘नेकपा केन्द्रीय कमिटीको आकस्मिक बैठक अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बालुवाटारमा शुरू’, रिमालले सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्। उक्त बैठकको पूर्व मा’ओवादी स’मूहका स्थायी मिति सदस्यहरु मणि थापा र टोपबहादुर रायमाझी पनि सहभागी रहेको एक नेताले बताए।

ती नेताका अनुसार आजको बैठकले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षका सबै नेताहरुलाई का’रबाही गरी नयाँ सदस्य थप्ने छ। त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओली स’मूहले बोलाएको केन्द्रीय समिति बैठकमा टोपबहादुर रायमाझीले स्वागत मन्तब्य दिएका छन् । पू’र्वमाओवादी उनी प्रचण्डबाट टा’ढिएर ओलीतिर लागेका हुन् । पार्टी महासचिव विष्णुप्रसाद पौडेलले संचालन गरेको बैठकमा स्थायी कमिटीका सदस्य क’मरेड टोपबहादुर रायमाझीले स्वागत मन्तव्य राखेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।