ओलीद्वारा ११ सय ९९ सदस्यीय महाधिवेशन आयोजक कमिटी घोषणा

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओलीले साबिकको ४४६ सदस्यीय केन्द्रीय कमिटीमा ५५६ जना नयाँ सदस्य थपेर ११ सय ९९ सदस्यीय महाधिवेशन आयोजक समिति घोषणा गरेका छन् ।त्यसमा १९७ जना पछि थप गर्ने उनले बालुवाटारमा जारी केन्द्रीय कमिटी बैठकमा सुनाएका छन् ।प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले यस्तो घोषणा गरेको हो । प्रधानमन्त्री केपी शर्मा ओली स’मूहले बोलाएको केन्द्रीय समिति बैठकमा टोपबहादुर रायमाझीले स्वागत मन्तब्य दिएका छन् ।

पू’र्वमाओवादी उनी प्रचण्डबाट टा’ढिएर ओलीतिर लागेका हुन् । पार्टी महासचिव विष्णुप्रसाद पौडेलले संचालन गरेको बैठकमा स्थायी कमिटीका सदस्य क’मरेड टोपबहादुर रायमाझीले स्वागत मन्तव्य राखेका प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिए ।