२०७८ मंसिर २ देखि ६ गतेसम्म महाधिवेशन गर्ने ओली पक्षको निर्णय

काठमाडौं । काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओली ओली समूहको केन्द्रीय समिति बैठकले नारायणकाजी श्रेष्ठ प्रकाशलाई प्रवक्ताबाट हटाउने निर्णय गरेको छ ।पार्टी हित विपरित गतिविधि गरेको भन्दै श्रेष्ठलाई प्रवक्ताबाट हटाउने निर्णय गरेको एक नेताले बताए ।अब नेकपाको प्रवक्ता प्रदिप ज्ञवाली तोकिएका छन् ।पार्टीको निर्णित मान्यता व्यक्त गर्न नसकेकोले नारायणकाजी श्रेष्ठलाई प्रवक्ताको जिम्मेवारीबाट मुक्त गर्दै प्रदीप ज्ञवालीलाई प्रवक्ता तोकेको बैठकको निर्णयमा उल्लेख छ ।

दुई बर्षअघिदेखि महाधिवेशन गर्नु पर्ने काम नभएकोमा केन्द्रीय समितिमा सदस्यहरु थप गर्दै बैठकले आगामी मंसिर २ देखि ६ गतेसम्म महाधिवेशन तोकिएको प्रधानमन्त्रीको प्रेस बिज्ञ रामशरण बजगाईले जानकारी दिनुभयो ।बैठकले महासचिव बिष्णु पौडेलले पेश गरेको विधान संशोधन प्रस्ताव पारित गर्दै ११ सय ९९ सदस्यीय केन्द्रीय कमिटी अनुमोदन गरेको छ । सोही कमिटीलाई महाधिवेशन आयोजक समितिमा रुपान्तरण गर्न सकिने विधानमा उल्लेख छ ।त्यस्तै नेकपाका अध्यक्ष केपी शर्मा ओलीले निवर्तमान प्रतिनिधिसभा र राष्ट्रियसभा सदस्यहरु सबैलाई केन्द्रीय कमिटीमा मनोनित गरेका छन् ।