बादललाई फकाउन प्रचण्ड-माधव समूह अन्तिम कसरतमा

काठमाडौं- नेकपा सचिवालय सदस्य तथा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ मनाउन प्रचण्ड-माधव समूहले अन्तिम कसरत गरिरहेको छ। बादललाई भेट्न बिहान पार्टी अध्यक्ष प्रचण्ड मन्त्री निवास पुल्चोकमा पुगेका थिए। प्रचण्ड-माधव समूहको बैठकमा सहभागी गराउने प्रयत्नका लागि प्रचण्ड निकटका नेताहरु बादलसँग छलफलमा रहेका छन्। नेताहरु कुलप्रसाद केसी र नरेश भण्डारी मन्त्रीनिवासमै रहेको बताइएको छ। प्रचण्ड र माधव समूहको भेला केही बेरमा कार्की ब्याङ्केटमा हुने भएको छ।