बिवाहको नौलो शैली , २० जना मात्र बोलाउन पाइने नियम न’तोडिकनै जोडीले बोलाए १० हजार पाहुना !

काठमाडौं। कोरोनाभाइरस महामारीका कारण विभिन्न देशमा ठूला समारोहमा प्र’तिबन्ध लगाइएका छन् । यस्तो स्थितिमा निकै सीमित पाहुनाको साथमा यस्ता समारोह भइरहेका छन् । तर, एक जोडीले कोरोनाको प्र’तिबन्ध हुँदाहुँदै पनि १० हजार पाुहनालाई आफ्नो बिहेमा बोलाए । सबैभन्दा महत्वपूर्ण कुरा, उनीहरुले यति धेरै पाहुना बिहेमा बोलाउँदा पनि सरकारले निर्धारण गरेको नियम भने तो’डेनन् ।बीबीसीको रिपोर्टअनुसार कोरोना प्र’तिबन्ध अन्तर्गत मलेसियामा केवल २० जनालाई बिहेमा बोलाउन पाइन्छ ।

त्यसैले यो जोडीले आफ्नो बिहेलाई ‘ड्रा’इभ थ्रु इ’भेन्ट’मा ब’दलिदिए । यसो गरेर उनीहरुले १० हजार पाहुना बोलाए । ड्राइभ थ्रु अर्थात पाहुनाहरु आफ्नो कारमा चढेर आए र बिहे स’मारोह भइरहेको ठाउँमा आफ्नो कार विस्तारै चलाए । बिहेपछि आइतबार यो जोडी मलेसियाको पु’टराज्याको एक सरकारी भवन अगाडि बसे । यही क्रममा पाहुनाहरु आ–आफ्नो कारमा उनीहरुकहाँ आए, उनीहरुलाई शुभकामना दिए र कारबाट न’ओर्लिकनै गए ।बेहुला टेंग्कु मोहम्मद हाफिज मलेसियाका पूर्व मन्त्री तथा प्र’भावशाली नेता टेंग्कु अ’दनानका छोरा हुन् ।

बिहेमा अर्को खास कुरा के पनि भयो भने बेहुलाको जन्मदिन पनि आइतबार नै थियो । टेंग्कु अदनानकी पत्नीको नाम ओ’सिअन एलाजिया हो । टेंग्कु अ’दनानले कारबाट न’ओर्लिइ बिहेमा सहभागी भएकोमा पाहुनाहरुलाई धन्यवाद दिएका छन् । रिपोर्टका अनुसार ३ घण्टामै १० हजार पाहुना बिहेमा सहभागी भएका थिए । पाहुनालाई डि’नर पनि दिइएको थियो । यसको लागि खाना पहिले नै प्याक गरेर राखिएको थियो ।