यस्ती भइन् ‘बजरंगी भाइजान’की ‘मुन्नी’

काठमाडौं, हर्षाली मल्होत्रा हिन्दी चलचित्र क्षेत्रकी प्रसिद्ध बालकलाकार हुन् ।उनले २०१५ मा प्रदर्शनमा आएको चलित्र बजरङ्गी भाईजानमा सलमान खान करीना कपूर खानको साथमा बालकलाकारको मुख्य भूमिका निभाएर दर्शकद्वारा निकै प्रशंसा पाएकी थिइन ।उनको त्यो फिल्म हिट फिल्म मध्यको एक हो । पाकिस्तानकी एक बालिका भारतमा छुट्छिन्, उनी बोल्न नसक्ने बालिका थिइन् ।उनी हिन्दी सिरियल कूबूल है तथा लौट आओ तृषामा काम गरिसकेकी छिन् ।हर्षिकाले ७ वर्षको हुँदा यो फिल्ममा अभिनय गरेकी थिइन्।

अहिले उनी १२ वर्षकी हुँदा यो पाँच वर्षमा उनी निकै परिवर्तन भइसकेकी छिन् ।उनको निकै शसक्त भूमीका अहिले पनि सो फिल्म हेर्ने दर्शकको मस्तिष्कमा छ । ७ वर्षको उमेरमा निकै शसक्त भुमिका निभाएकी मुन्नी अहिले १२ वर्षकी भइन् । गत जेठमा उनले आफ्नो १२ वर्षको जन्मदिन मनाएकी छिन् ।हर्षालीले सन् २०१५ मा रिलिज भएको चलचित्र ‘बजरंगी भाइजान’बाट बलिउडमा डेब्यू गरेकी थिइन्, जतिबेला उनी ७ बर्षकी थिइन् । उनी, ८ हजार बच्चाको बिचबाट यो चलचित्रका लागि छानिएकी थिइन् ।हर्षालीको फेरिएको रुप देखेर उनका फ्यानहरुले विभिन्न खालका प्रतिक्रिया दिइरहेका छन् ।

बलिउड नायक सलमान खानको आजसम्मको करिअरमा सबैभन्दा धेरै कमाई गर्ने चलचित्र बन्यो, ‘बजरंगी भाइजान’ । यो चलचित्रमा सलमानसँग काम गरेकी बाल–कलाकारको नाम हो, हर्षाली मल्होत्रा । चलचित्र रिलिजको समयमा हर्षाली १३ बर्षकी थिइन् ।उनलाई दर्शकले ‘मुन्नी’ नामले चिनेका थिए । आज पनि दर्शकले उनलाई ‘मुन्नी’ नै भन्ने गरेका छन् ।हर्षालीले सामाजिक संजालमा शेयर गरेका केही तस्वीर अहिले चर्चामा छ ।