अन्टार्कटिका महादेशसम्म पुग्यो कोरोना भाइरस, ३६ जनालाई सङ्क्रमण

काठमाडौँ । हालसम्म कोभिड(१९ मुक्त रहिआएको अ’न्टार्कटिका महादेशमा पनि कोरोनाभाइरस पुगेको छ। चिलेको सेनाले अन्टार्कटिका महाद्वीपस्थित आफ्नो बे’र्नार्डो ओ’हिगिन्स अनुसन्धान केन्द्रमा ३६ जनालाई सङ्क्रमण देखिएको पुष्टि गरेको हो। सङ्क्रमण देखिएका ३६ मध्ये २६ जना सैनिक तथा १० जना मर्मतसम्भार गर्ने कामदार रहेको जनाइएको छ। बे’र्नार्डो ओ’हिगिन्स अनुसन्धान केन्द्रका लागि सामग्री आ’पूर्ति गरेको सेनाको एउटा पानीजहाज चालक दलका तीन जनामा सङ्क्रमण पुष्टि भएको केही दिनपछि पछिल्लो समाचार प्रकाशमा आएको हो।

अधिकारीहरूका अनुसार सङ्क्रमित सबैलाई उ’द्धार गरी चिले पुर्‍याइएको छ। त्यहाँ सङ्क्रमण पुष्टि भएसँगै अब विश्वका सातवटै महादेशमा कोरोनाभाइरस फै’लिन पुगेको छ। सार्गेन्टो एल्डीआ नामक पानीजहाज गत २७ नोभेम्बरमा बे’र्नार्डो ओ’हिगिन्स अनुसन्धान केन्द्र पुगेको थियो र १० डिसेम्बरमा चिले फर्केको थियो। ता’ल्कावानोस्थित चिलेको सैनिक केन्द्र फर्केका चालक दलका तीनजना सदस्यमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भयो। चिलेले अ’न्टार्कटिकामा खडा गरेका चारवटा स्थायी केन्द्रमध्ये बे’र्नार्डो ओ’हिगिन्स अनुसन्धान केन्द्र एउटा हो जसलाई सेनाले सञ्चालन गरिआएको छ।

कोरोनाभाइरसबाट ल्या’टिन अमेरिकी मुलुकमध्ये चिले छैटौँ सबैभन्दा नराम्ररी प्रभावित मुलुक हो। त्यहाँ अहिलेसम्म ५,८५,००० व्यक्तिमा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको छ। ब्रिटिश अ’न्टार्कटिक स’र्भेले कोरोनाभाइरस म’हामारीलाई दिएर अनुसन्धान कार्य रो’क्न लागेको गत अगस्ट महिनामा घो’षणा गरेको थियो।