ओली पक्ष र ‘प्रचण्ड’- नेपाल पक्षबिच सुर्य खोसाखोस

काठमाडौं, निर्वाचन आयोग पुगेका नेकपाका दुई पक्षले आफू आधिकारीक नेकपा भएको र चुनाव चिन्ह सूर्य पनि आफ्नो भएको दा’बी गरेका छन्। यतिबेला नेकपाका दुई पक्षबीच चुनाव चिन्हको विषयलाई लिएर त’छाडमछाड भएको छ ।बुधबार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल स’मूह बहुमत केन्द्रीय सदस्यहरूको हस्ताक्षर लिएर निर्वाचन आयोग पुगेका छन्। रचण्ड–नेपाल पक्षबाट निर्वाचन आयोग जानेमा मुक्ति प्रधान, सुरेन्द्र पाण्डे, राजेन्द्र पाण्डे र लिलामणि पोखेरल छन्।

आइतबारको नेकपाको केन्द्रीय समिती बैठकमा ३१५ जना केन्द्रीय सदस्यको हस्ताक्षर गरेका छन्। सोही हस्ताक्षर लिएर नेताहरू निर्वाचन आयोग पुगेका हुन्। यसअघि मंगलबार नेकपा अध्यक्ष केपी शर्मा ओली पक्षले केन्द्रीय कमिटी संरचना र विधान संशोधन भएको सूचना निर्वाचन आयोगमा पठाइसकेको छ। मंगलबार बालुवाटारमा बसेको ओली स’मूहको बैठकले १ हजार १९९ सदस्यीय महाधिवेशन आयोजक क’मिटी ग’ठन गरेको थियो। ओलीको ने’तृत्वमा पु’नर्गठित केन्द्रीय कमिटी र पार्टीले वि’धान संशोधनलगायत निर्णयहरू निर्वाचन आयोगलाई जानकारी गराएको हो।