प्रचण्डले पगाल्न सकेनन बादललाई , ओली संग रहने सम्भावना

काठमाडौं, नेपाल कम्युनिष्ट पार्टी नेकपाभित्रको वि’वादमा गृहमन्त्री रामबहादुर थापा ‘बादल’ प्रधानमन्त्री केपी ओलीसँगै रहने सम्भावना देखिएको छ । नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपालले मंगलबार गरेका छुट्टाछुट्टै भेलामा बादल कतै पनि सहभागी भएका थिएनन्। ओली स’मूहले जम्बो केन्द्रीय समिति घो’षणा गरेर आफ्ना पक्षमा अ’त्यधिक बहुमत देखाएको छ भने प्रचण्ड-नेपाल स’मूहले ओलीलाई का’रबाही गरेर माधव नेपाललाई अध्यक्ष बनाएको छ।

यी दुवै भेलामा बादललाई बोलाइएको भए पनि उनी कतै गएनन्। बादललाई प्रचण्डले सोमबार र मंगलबार दुई दिनसम्म भेटेका थिए। प्रधानमन्त्री ओलीले पनि बादललाई बालुवाटार बोलाएर छलफल गरेका थिए। बुधबार प्रधानमन्त्रीसँग भएको छलफलपछि बादल नि’कट स्रोतले बुधाबार साँझसम्म बादलको धारणा आउने बताएको थियो। अब बादल प्रधानमन्त्रीसँगै रहने सम्भावना बढेको बादल नि’कट स्रोतले बतायो। ‘राजीनामा नदिएपछि उहाँको धारणा किन आउन पर्‍यो भन्ने भयो। प्रचण्ड-नेपालसँग जाने भए त उहाँले रा’जीनामा दिइसक्नुहुन्थ्यो नि!’

बादल नि’कट स्रोतले भन्यो,’ अब उहाँ केपी ओलीको गृहमन्त्री भएर बस्ने हो। सायद अब बस्ने ओली समूहका बैठकमा समेत जानुहुन्छ होला।’ मंगलबार प्रचण्डसँगको छलफल सकारात्मक भएको भए पनि प्रधानमन्त्रीसँगै रहने संकेत देखिएको बादल नि’कट स्रोतको भनाइ छ।