भर्खरै ‘छक्का पञ्जा–३’ युट्युबमा रिलिज…. भिडियो सहित

काठमाडौं । नेपाली कथानक चलचित्र ‘छक्का पञ्जा–३’ युट्युबमा सार्वजनिक भएको छ । दीपाश्री निरौलाको निर्देशन रहेको चलचित्र आज साँझ हाइलाइट्स नेपालले आफ्नो युट्युब च्यानलबाट सार्वजनिक गरेको हो । चलचित्र टीभी एपमा राखिएको चलचित्र ‘छक्का पञ्जा–३’ पाइरेसी भए पछि युट्युबमा रिलिज गरिएको हो । केही समय यता पाइरेसी भएको कपी एकबाट अर्को हुँदै धेरैको मोबाइलमा पुगेपछि युट्युबमा अपलोड गर्नु परेको हो ।बक्स अफिसमा राम्रो ग्रस कलेक्सन गरेको चलचित्रमा दीपकराज गिरी, केदार घिमिरे, जितु नेपाल, दीपिका प्रसाईं, बुद्दि तामाङ मुख्य भूमिकामा छन् ।

“पाइरेसी भएको कमजोर क्वालिटीको कपी हातहातमा पुगेपछि राम्रो कपी नै युट्युबमा अपलोड गर्न हामीले पनि आग्रह गरेको थियौं,” कलाकार दीपकराज गिरीले भने, “हामीले चलचित्र टिभी एपलाई बेचिसकेका कारण हामीसँग युट्युब राइट्स छैन ।”भिडियो यहाँ छ