प्रचण्ड फेसबुके प्रधानमन्त्री: पूर्वमन्त्री बस्नेत

काठमाडौं : नेकपाका केन्द्रीय सदस्य महेश बस्नेतले कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई फेसबुके प्रधानमन्त्री बन्ने पक्का भएको भन्दै व्यङ्ग्य गरेका छन्। पूर्व मन्त्रीसमेत रहेका नेता बस्नेतले बुधबार फेसबुकमार्फत वि’गठित प्रतिनिधि सभाको नेकपाको सिमित पुर्व सासंदहरुको संसदिय दलको नेता बनेको भन्दै यस्तो बताएका हुन् । उनले भित्ते राष्ट्रपति बनेको प्रसंग को’ट्याएका छन्। ‘नेपालमा छ’लाङ्ग, ध’क्का, क्र’मभङ्ग, महावि’पत्तिको सिद्धान्तका प्र’त्युपादक नेता क. प्रचण्डको ०६४ सालको चुनाव अगाडि भावी कार्यकारी राष्ट्रपति भनेर खुब वाल पेन्ट गराइयो फोटो टाँ’सियो।’

बस्नेतले लेखेका छन् ‘संविधान निर्माण गर्दा उहाँले त्यो अडान छो’डनु भयो। अनि उहाँहरुले नै भन्ने गरेको बोकाको टाउको देखाएर कुकुरको मा’सु बे’च्ने भनेको संसदीय व्यवस्थामा सम्झौता गर्नुभयो। अनि त्यो सबै ना’टक साबित भयो र उहाँको नाम भित्ते राष्ट्रपति रहन गयो।’ उनले प्रचण्ड नेकपाको सिमित पुर्व सासंदहरुको संसदिय दलको नेता बनेकाले भित्ते राष्ट्रपतिबाट फेसबुके प्रधानमन्त्री बन्ने पक्का भएको भन्दै बधाई भनेर व्यङ्ग्य गरेका छन्। उनले लेखेका छन्, ‘अब कहिले बन्न नसक्ने प्रधानमन्त्रीको अ’भिलाषा बोक्नुभएको क. प्रचण्ड अब भित्ते राष्ट्रपतिबाट फेसबुके प्रधानमन्त्री बन्ने पक्का छ। हार्दिक बधाई छ।’

मन्त्रिपरिषद् बैठकको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट आइतबार संसद वि’घटन गर्दै आगामी बैशाख १७ र २७ गते दुई चरणमा निर्वाचन मिति घो’षणा भएपछि नेकपाभित्र वि’वाद बढेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बसेको ओली स’मूहको बैठकले ४४७ सदस्यीय केन्द्रीय क’मिटीलाई वि’स्तार गरी ११ सय ९९ सदस्यीय म’हाधिवेशन आ’योजक समिति बनाउने निर्णय गरेको छ। यस्तै ओली स’मूहले पार्टी प्रवक्ताबाट नारायणकाजी श्रेष्ठलाई ह’टाएर प्रदीप ज्ञवालीलाई तो’केको छ। बैठकले २ मंसिर २०७८ मा महाधिवेशन गर्ने निर्णय गरेको छ।

यता प्रचण्ड-माधव समूहले पार्टी अध्यक्ष केपी शर्मा ओलीमाथि अनुशासनको का’रवाही गरिएको, नयाँ अध्यक्षमा माधवकुमार नेपाललाई नि’युक्ति गरेको छ। उनीहरुले प्रधानमन्त्रीको प्रतिनिधि सभाको क’थित विघ’टन गर्ने कदम र राष्ट्रपतिको स्वीकृतिलाई अ’स्वीकार गर्दै प्रतिनिधि सभाको नियमित कार्य अघि ब’ढाउन माग गर्दै आएका छन्। नेकपा दुई पक्षमा वि’भाजित हुँदा कतिपय नेताको कि’त्ता पनि फे’रिएको छ। दुई चि’रामा वि’भाजित नेकपाका दुवै स’मूहले संस्थापन र वै’धानिक भएको दा’बी गरेका छन्।