श्रीमती भनेकाे युवा अवस्थाका प्रियसी, वयस्क अवस्थाका सहयात्री र वृद्ध अवस्थाका नर्स हुन् ।

एजेन्सी , खुशी हुन कसलाई रहर हुदैन र वास्तबमा सबैको जीवनको एउटा साझा उदेश्य नै खुशी र सुखी हुनु नै हुन्छ । जिन्दगीमा खुशी र दुख आधा आधा हुन्छ भनिन्छ तर हामी खुशी हुनु भन्दा पनि धेरै दुखि भइरहेका हुन्छौ । कहिले दुख आइ पर्छ त कहिलेकाही हामी खुशी हुन नै जान्दनौ र साना साना कुरामै दुखी भइदिन्छौ । कार्य गर्दै जादा असफलता प्राप्त हुनु एक सामान्य कुरा हो तर हामी असफल एकचोटि हुन्छौ अनि त्यो असफलतामा धेरै पटक दुखी भइदिन्छौ । जीवनमा आइ पर्ने उतार चढावलाइ सहर्ष स्वीकारेर सकारात्मक सोचको साथ निरन्तर अघि बढ्नु नै खुशी हुने सरल तरिका हो ।

१.ज्ञान नै शक्ति हो ।२. आसा एक राम्रो नास्ता हो तर खराब रात्रीभोज ।३. कहिलेकाँही खराब व्यक्तिले असल सुझाव दिन सक्दछ ।४. एक विद्वान व्यक्तिले आफूले भेट्टाएको भन्दा बढी अवसरहरू सृजना गर्दछ ।५. श्रीमती भनेकाे युवा अवस्थाका प्रियसी, वयस्क अवस्थाका सहयात्री र वृद्ध अवस्थाका नर्स हुन् ।६. क्षणहरूमा उब्जेका विचारहरू लेखी राख, तिनीहरू जुन अकस्मात् आएका हुन्छन्, महत्वपूर्ण हुन्छन् ।७. यात्रा, युवावस्थामा, शिक्षाको एक भाग हो भने वयस्क अवस्थामा अनुभवको एक भाग ।८. केही पुस्तकहरू चाख्नका लागि हुन्छन्, केही पुस्तकहरू निल्नका लागि र थोरै मात्र पुस्तकहरू चपाउन र पचाउनका लागि हुन्छन् ।